पोखरियालाई स्मार्ट सिटी बनाउन सांसद यादब र रौनियारको बिषेश पहल

485


 

वीरगन्ज २५ मंसिर । पोखरिया नगरपालिकाको समग्र विकाशको लागि काठमाण्डौ गएको मधेशी दलका नेताहरुको टोलीले शहरी विकाश मन्त्रालयममा पुगी स्मार्ट सिटीको योजनाबारे छलफल गरेको छ ।


सांसद हरीनरायण रौनियारले शहरी विकाश मन्त्री इस्तयाक राइनलाई पोखरियामा गएको स्मार्ट सिटी योजनाको बजेट रोकिएको बारे अवगत गराएका थिए । उहाले पोखरियाको विकाशकोलागि आफु तत्पर रहेको र माघ महिना सम्ममा स्मार्ट सिटी परियोजना अन्तर्गतको बजेट पठाउने सांसद हरीनरायण रौनियारले बताए ।

डिपीआर समेत भइसकेको स्मार्ट सिटी परियोजनाको बजेट रोकियोको सांसद हरीनरायण रौनियारले मन्त्रीलाई जानकारी गराएका थियो । पोखरियाको स्मार्ट सिटी परियोजनाको बजेट अर्थमन्त्रालयमा गएर अडकीएकोे तर आफु तत्पर रहेको र माघ महिना सम्ममा स्मार्ट सिटी परियोजना अन्तर्गतको बजेट पठाउने शहरी विकाश मन्त्री इस्तयाक राईनले बताए ।

मन्त्री इस्तयाक राइनलाई पोखरियाको विषयमा अवगत गराउने टोलीमा समाजवादी पार्टीका सांसद प्रदिप यादव, सांसद हरीनरायण रौनियार, प्रदेश सांसद प्रहलाद गिरी, राजपा नेता नेजामुदिन समानी , पोखरिया नगरपालिका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।