×

 

वीरगन्ज २४ मंसिर । वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आज साँझ आमा–छोरीको शव फेला परेको छ ।

मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका हुन् । आमा–छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ ।

घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोकाको ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा शव भेटिएको थियो ।

शव कपडाले बेरेर राखिएको थियो । घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

पेन्टिङको काम गर्दै आएका पवन भने फरार छन् । घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

Back to top