×

वीरगंज, मंसिर २३ - बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करले घाईते भएकी छात्रा प्रकृती चन्दको दुर्घटनाप्रति समाजवादी विधार्थी युनियनको गम्भीर ध्यानाकर्षण भएको समाजवादी विधार्थी संघले जनाएको छ ।

बाँकेको कोहलपुर रत्नराजमार्ग अन्तर्गत हाईस्कुल चोकमा त्रिभुवन नमुना मा.वि. कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृतीको घटना प्रति दुःख व्यक्त गर्दै आन्दोलित भाई बिहिनीहरुलाई संयमता अपनाउन समाजवादी विधार्थी युनियनले आग्रह गरको छ ।

शैक्षिक परिवर्तनका साथै मुलुकलाई विकास र निकासको बाटो देखाउने उदेश्यले स्थापन भएको समाजवादी विधार्थी संगठनले दुर्घटनाको उच्च दर बारे जानकारी हुँदा हुँदै पनि ट्राफिक प्रहरीको लापर्वाहीले उक्त घटना भएको संगठनले एक प्रेस बिज्ञपति मार्फत दाबी गरेको छ ।

दुर्घटनापछि आक्रोसित विधार्थी र अभिभावकले ट्रकमा आगजनी गरेपछि प्रहरी प्रशासनले आन्दोलित विधार्थीमाथि आसुग्यास र गोली प्रहार गरेको कार्यलाई घोर निन्दा गरेको गर्दै आन्दोलनका क्रममा घाईते भएका सुरक्षाकर्मी र विधार्थीहरुको सिघ्र स्वास्थयको कामना गरेको छ ।

Back to top