×

 

वीरगन्ज २३ मंसिर । नेपाली काङ्रेसका नेता जयराम लामिछानेको स्वछन्द निर्माण कम्पनीले ५ वर्षमा निर्माण सम्पन्न हुनेगरी करीब ९ वर्ष अघी २१ करोडमा ठेक्का लिएको बागमती पुल अझै सम्म पनि निर्माण सम्पन्न भएको छैन ।

निर्माण सम्पन्न हुनुत परैको कुरा ९ वर्षमा ५० प्रतिशत काम पनि भएको देखिदैन ठडिएको छ त केवल पिल्लर मात्रै। राजनैतीक पहुचको आधारमा ठेक्का हात पार्ने अनी साना-साना ठेकेदारलाई जिम्मा दिने सानाले झन सानालाई दिने अनी काम समयमा नहुने अनी फेरी पावरकै भरमा म्याद थप्ने यस्तै नियती भोग्दै आएको यो पुलको काम अझै सुस्त गतिमा भईरहेको छ ।

सरकारले राष्ट्रिय गौरबको आयोजनामा राखेको धरान चतरा सडकखण्ड पुलको हालत देखेर स्थानियवासी रुस्ट भएका छन । धरान चतरा सिन्धुली हेटौंडा राजमार्ग अन्तर्गत पर्ने सिन्धुली र मकवानपुर जोड्ने यो पुल समयमा नबन्दा सर्बसाधारणले निक्कै दु:ख पाएका छन ।

सिन्धुलीको हरिहरपुर गढी ४ र मकवानपुरको बागमती ४ मा निर्माणाधिन यो पुल निर्माणमा भएको दिलासुस्ती देखेर स्थानियहरु निरास भएका छन , स्थानियहरु जोखिम मोलेर ट्युबको सहाराले नदी वारपार गर्न वाध्य छन। मकवानपुरका पत्रकार देबराज पन्तले २०७४ मा न्युज २४ मा पठाएको यो भिडियो रिपोर्ट हेर्नुहोस;

https://www.facebook.com/Sindhulimareen/videos/1709595609122222/

भिडियो स्रोत – न्युज २४ , न्युज khabar24daily.com बाट

Back to top