×

 

वीरगंज २२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका स्थानिय तहमा छानबिन गर्ने क्रमलाई आज पनि निरन्तरता दिएको छ ।

शुक्रवार वीरगंज महानगरपालिका, पोखरीया नगरपालिकामा छानबिन गरेको अख्तियारले शनिवार सखुवा प्रसौनी र जगरनाथपुर गाउँपाकिामा अनुसन्धान गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौ टङ्गाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले छानबिन सुरु गरेको हो ।

स्थानीय तहहरुले विकास निर्माणका गतिविधि, तालिम, गोष्ठी र कर्मचारी नियुक्ति लगायतका बिभिन्न कार्यहरुमा अनियमितता भएको लिखित रुपमा उजुरी परेकोले छानबिन तथा अनुसन्धानको प्रकृया अगाडी बढाएको अख्तियारले जनाएको छ ।

त्यसैगरी आज पनि पर्सागढी नगपालिका, बहुदरमाई गाउँपालिका, जिराभवानी गाउपालिका लगाएत सबै स्थानीय तहहरुमा छानबिन गर्ने अख्तियारका प्रबक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिनुभयो ।

यसैबिच अख्तियारले छानविन शुरु गरेपछि स्थानिय तहमा तरंग पैदा भएको छ । अनियमितता गरेकाहरु भने अहिले फाइलहरु लुकाउने र कागजात मिलाउनेमा व्यस्त देखीएका छन् ।

Back to top