×

 

बीरगंज २१ मंसिर । लयान्स क्लव अफ वीरगंज गेटवे र पप्पु कन्स्ट्रक्सनको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित फोहोर मैला प्रशोधन केन्द्र परिसर भित्र वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

आजबाट शुरु गरिएको वृक्षारोपण कार्यक्रम अन्तरगत ५ हजार विरुवा रोपिने कार्यक्रम रहेको पप्पु कन्स्ट्रक्सनका संचालक सुमित रौनियारले जानकारी दिनुभयो ।

फोहोर प्रशोधन केन्द्रमा विशेष गरी अक्सिजन प्रदान गर्ने र दुर्गन्ध हटाउने प्रजातिका बनस्पति निम, लहरे पिपल, तुलसी लगायतका विरुवा रोपिएको लायन्स क्लव अफ वीरगंज गेटवेका अध्यक्ष महेश्वर प्रसादले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठ, अनुप अग्रवाल, रमेश अग्रवाल, रामविहारी पाण्डे लगायतको सहभागिता रहेको थियो । प्रशोधन केन्द्र भित्र रोपिएका ५ हजार विरुवाको संरक्षण र हुर्काउने बढाउने जिम्मा लायन्स क्लवले लिएको क्लवका अध्यक्ष महेश्वर प्रसादले बताउनु भयो ।

 

Back to top