×

 

बारा १८ मंसिर । बिश्प्रशिद्ध बाराको गढीमाई मेलामा हिजोबाट पशुबलि सुुरु भएको छ । तान्त्रिक बिधि अनुसार पुजापाठ गरि पञ्चबली दिएपछी झक्तजनहरुले भाकलका लागि लगेका राँगाको बली सुरु गरिएको हो ।

मंगलवार दिनभर राँगाको बली दिईएको र बुधवार बोका, हाँस, कुखुरा, परेवा लगायतको बली दिईने मन्दिरका पुजारी मंगल चौधरीले जानकाकरी दिए । मेला ब्यवस्थापन समिती श्रोतका अनुसार मंगलबार दर्ता भएका मात्रै ११ हजार राँगा बली दिईएको छ ।

‘मंसिर १ गतेदेखी हालसम्म ११ हजार राँगा बलीका लागि दर्ता भएका थिए ।’ श्रोतले बारा खबरसँग भन्यो, ‘बधशाला बाहिर दर्ता बिनै काटीएका राँगाहरुको यकिन तथ्यांक नभएपनी जम्मा १५ हजार काटिएको अनुमान समितीले गरेको छ ।’ नेपालबाट मात्रै नभएर छिमेकी मुलुक भारतबाट पनि बली चढाउन आउनेहरुको संख्या उल्लेख्य छ ।

प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पूरा भएपछि भाकलअनुसार यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरा लगायतको बलि दिन भक्तजनहरु मन्दिर आउने गर्दछन् । एक महिनासम्म चल्ने मेलामा बिशेषगरी बलि दिईने समयमा मन्दिर परिषरसम्म मानव सागर नै हुनेगर्दछ । बलिको पहिलो दिन मंगलबार मात्रै १० लाखले गढीमाईको दर्शन गरेको समितीका महासचिव मोतीलाल कुशवाहले जनाए । बलीको दोस्रो दिन बुधबार पनि सोही हाराहारीमा दर्शनार्थी आउने भन्दै उनले एक महिनाको अवधीमा एक करोडले दर्शन गर्ने अपेक्षा समितीले गरेको बताए ।

Back to top