×

 

बारा १७ मंसिर । पाँच वर्षमा एकपटक लाग्ने बराको प्रसिद्ध गढीमाई मेलामा मंगलबार बिहान विशेष पूजापछि बलि प्रदान सुरु भएको छ ।

महागढीमाई नगरपालिका १ बरियारपुरमा बलि प्रदान गर्न हजरौंको संख्यामा राँगा, बोका र परेवा भक्तजनले लाएका छन् । एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुन्छन् । देशमै सबभन्दा बढी बलि प्रदान हुने मेला गढीमाई रहेको छ ।

यता गढीमाई मेलाको विशेष पूजाको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । गत बुधबार बसेको मन्त्री परिषदको निर्णयले बाराको प्रसिद्ध गढीमाई मेलाको विशेष पूजाको उपलक्ष्यमा विदा दिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले एक विज्ञप्ती जारी गरी ाजलाई प्रदेशभारि सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।

Back to top