×

 

वीरगन्ज १७ मंसिर । गृहमन्त्रालयले पर्साका सीडीओ नारायणप्रसाद भट्टराईलाई सरुवा गरेको छ । गृहमन्त्रालयले पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् ।

गृहमन्त्रालयले छ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका छन् भने गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा भएकी छन् ।

 

Back to top