नेपाल कम्युनिष्ट पार्टी पर्साको अगुवा भेला सम्पन्न, उपनिर्वाचनको तयारी सम्बन्धमा छलफल

133

 

वीरगन्ज ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी पर्साको अगुवा भेला सम्पन्न भएको छ । भेला नेकपा पर्साका अध्यक्ष प्रभु हजाराको सभापतित्वमा एवं प्रदेश नं. २ का अध्यक्ष प्रभु साहको मुख्य आतिथ्यमा सम्पन्न भएको हो ।



भेलामा यही मंसिर १० गते निजगढमा नेकपा अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) को प्रमुख आथित्यतामा हुने प्रदेश न. २ को समृद्धिको लागि आमसभा तथा १४ गते हुने उपनिर्वाचनको तयारी सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा प्रदेश न. २ का अध्यक्ष प्रभु साह, सचिब सुमन प्याकुरेल, पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, संविधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रधुम्न चौहान, विचारी यादव, त्यसैगरि पार्टीका केन्द्रीय कमिटी, प्रदेश एवं जिल्ला कमिटीका सदस्यहरू र जन निर्वाचित स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकले आमसभा तथा उपनिर्वाचनलाई भब्य तथा सभ्य रुपमा जनसहभागिता गराउन पार्टीका सवै तह र तप्काबाट सक्रितापूर्वक भूमिका निर्वाह गर्ने निर्णय भएको जिल्ला पार्टी सचिव विजय महतोले जानकारी दिनुभयो ।