×

 

बारा ६ मंसिर । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको प्रधान कार्यालय भवन शिलान्यास जीतपुरमा सम्पन्न भएको छ । प्रदेश नम्बर २ का कार्यबाहक मुख्यमन्त्रि एवम भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले यस कार्यालयको बुधवार सनातन धर्मअनुसार शिलान्यास गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यमा आएको संघिय गणतन्त्रलाई स्थापीत गर्न सरकार, निजी क्षेत्रका साथै समाजिक क्षेत्रपनि स्थापित हुन आवश्यक रहेको बताउनुभएको थियो । मन्त्रि सोनलले समाजीक रुपमा स्थापित यस उद्योग वाणिज्य संघले लिएको लक्ष्य अनुसार अगाडी बढेको बताउदै नियमले मिलेको खण्डमा आफुले शिलान्यास गरेको जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघको जीितपुरमा निर्माण हुनलागेको भवनमा प्रदेशको तर्फबाट समेत सहयोग गरीने प्रतिबद्धता गर्नुभएको थियो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकले नगरको विकासमा उद्योग वाणिज्य संघको भुमिका रहने भएकोले यस संघले निर्माण गर्न लागेको भवनपनि विकासको एउटा पर्याय रहेको बताउनुभयो ।

उहाँले जीतपुरसिमरा नगर उद्योगवाणिज्य संघले यस भन्दा पहिले सिमरामा पनि संघको कार्यालय शिलान्यास गरेको तर त्यसमा भवन निर्माण गर्न नसकेको बताउदै दुबै स्थानको भवनलाई समयमै निर्माण गरी उद्घाटन हुनेगरी काम गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको गढिमाई पल्टिङ्गमा उद्योग वाणिज्य संघले किनेको ४२ धुर जग्गामा लगभग एक करोडको लागतमा संघले एक तल्ले भवन निर्माण गर्न लगेको हो ।

२१ धर जग्गा धनि अध्यायनन्द गुप्ताको उपहार र २१ धुर आफ्नो लगानिमा किनीएको ४२ धुर जग्गमा संघले तत्काल एक तल्ले भवन निर्माण गर्न लागेको हो । निर्माण हुन लागेको यस भवनमा संघलाई आवश्यक पर्ने कार्यालयका साथै सभाहलसमेत निर्माण गर्ने उद्धेश्य रहेको संघका अध्यक्ष संजय साहले जानकारी दिनुभयो ।

संघका अध्यक्ष साहको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साह, बारा जिल्ला समन्वय समितीका सन्योजक नवल किशोर सिंह,,संबिधान सभा सदस्य डा. शोभाकर पराजुली, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेल, बारा उध्योग बाणिज्य संघका महासचिव जय प्रकाश साह, नेपाली कांग्रेसका कृष्ण ब्रत सिंह, जग्गा दाता तथा काङ्ग्रेस नगर सभापति श्याम बाबु गसप्ता, जग्गा दाता नारायणी रायमाझी, वडा न ७ का वडा अध्यक्ष रामबाबु गुप्ताका साथै विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Back to top