×

 

वीरगंज, ५ मंसिर । सनराईज बैंकमा खाता खोलेका सेवाग्राही सर्वसाधारणले वीरगंजको गण्डकमा रहेको नारायणी वयोधा अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् ।

बैंक र अस्पताल विच बुधबार भएको सहमति अनुसार सनराईज बैंकमा खाता रहेका सेवाग्राहि, सनराईज बैंकको डेविट, क्रेडिट र प्रिपेड कार्ड लिएका सेवाग्राही, बैंकको शेयरधनी, बैंकका कर्मचारी र तिनका आश्रीत परिवारले अस्पतालको विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका हुन् ।

सनराईज बैंक र अस्पताल विच भएको सहमति अनुसार बैंकका ग्राहक र बैंक कर्मचारी सहित आश्रीत परिवारले बेड चार्ज, प्रयोगशाला, एक्सरे, मुटुरोग, चिकित्सक सेवा शुल्क र स्वास्थ्य परिक्षणमा १० प्रतिशत छुट पाउने सनराईज बैंक वीरगंज शाखाका व्यवस्थापक नितेश खडकीले जानकारी दिनुभयो ।

त्यस्तै उल्लेखीत मापदण्ड पुरा गरेका बैंकका सदस्यले अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा वीरगंज र सिमराको विचमा आवश्यक पर्ने एम्बुलेन्स सेवा समेत निःशुल्क पाउने भएका छन् । बैंकले आफ्ना सेवाग्राही र सर्वसाधारणका लागि विभिन्न समयमा आयोजना गर्ने स्वास्थ्य सचेतना कार्यक्रममा पनि अस्पतालले सहकार्य गर्ने भएको हो ।

सेवाग्राही सर्वसाधारणको विभिन्न समस्यालाई सम्बोधन गर्दै आएको सनराईज बैंकले सेवाग्राहीको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै यस्तो सम्झौता गरीएको सनराईज बैंकको वीरगंज शाखाको कर्मचारी हरि कुमार साहले जानकारी दिनुभयो ।

सम्झौतामा अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक डा. रजनिश भारती तथा सनराईज बैंक वीरगंज शाखा प्रमुख नितेशम खडकीले हस्ताक्षर गरेका छन् । समझौता कार्यक्रममा नारायणी बयोधा अस्पतालका सहायक प्रमुख दिपेन्द्र श्रेष्ठ, इमालुल हक अंसारी, अप्रेशन मैनेजर सैलेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।

Back to top