×

 

वीरगंज ४ मङ्सिर । नेपाली कांग्रेस पर्साका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच हातपात भएको छ ।

वीरगंजस्थित नगर सभा गृह टाउन हल सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच हात पात भएको हो । वीरगंज आदर्शनगरस्थित रहेको बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच भना-भन भए पछि कुट्पिट भएको प्रत्यक्षदर्शीले बताए ।

वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका शर्माको उपचार वीरगंजस्थित नारायणी अस्पतालमा चालिएको छ भने टाउन हलका संचालक समेत रहेका कलवार पनी नारायणी अस्पतालको इमर्जेन्सी वर्डमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

यता यस विषयमा बुझदा नेपाली कांग्रेस पर्साका सभापती अजयकुमार द्विवेदीले घट्ना दुस्खद भएको बताए । उनले दुवै व्यक्ति जिम्मेवार पदमा रहेकोले आपसी विवादलाई लिएर हातपात गर्नु गलत भएको बताउदै पार्टीले यस विवादलाई छलफल मार्फत निकास दिन प्रयास गर्ने भने ।

वीरगंज आदर्शनगरस्थित रहेको बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच भना-भन र हात पात भएको स्थान ।

Back to top