नगरप्रमुख सरावगीको पहलमा वीरगन्जको घण्टाघर देखि रानीघाट जाने बाटो निर्माण काम तिब्रता

739

 

वीरगन्ज २ मंसिर । महानगरपालिकाको जनप्रतिनिधिहरुको सक्रियता पछि संधन सहरी योजनाले तिब्रता लिएको छ ।



नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षमा बसेको त्रिपक्षीय बैठकले सधन सहरीयोनालाई तिब्रता दिने निर्णय पश्चात महानगरपालिका मित्र रहेका सडक तथा नाला निर्माण कार्यलाई तिब्रता दिइएको हो ।

महानगरपालिकाका जनप्रतिनिधि, सधन सहरी एवम भवन कार्यालय र ठेक्केदार पक्ष विच भएको छलफलमा आइएहेका सवै अवरोधहरुलाई बल पुर्वक समाधान गर्ने सहमती भएको थियो ।

स्थानिय वडा वासिहरुद्धारा उत्पन्न गरिएको अवरोधहरुलाई अबिलम्ब समाधान गर्न वडाअध्यक्षहरुलाई नगर प्रमुख सरावगीले दिएको निर्देशन पक्ष्चात निर्माण कार्यमा तिब्रता आएको हो ।

यसैगरी पांचमहानगरपालिकालाई जिल्लासगं जोडने महानगरपालिकाको मुटुकै रुपमा रहेको घण्टाघर ᳔ रानीघाट हुदै रामगढमामा हुलाकि सडकसगं जोडने सडक तथा नाला निर्माणको कामले तिब्रता लिएको छ ।

आईतबार देखि बाटो बन्ने काम सुरु भएको हो ।
ठेकदारले सडक ठेक्का दिएको तिन बर्षसम्म बाटो नबनेको कारण पर्साको ग्रामिण भेगबाट आउने जाने सवारी एवम जिल्लावासीलाई ठुलो सास्ती भोगनु परेको थियो ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ९, १० र ११ को सिमानामा पर्ने घण्टाघर देखि रानीघाटको पुल जाने बाटो जिल्लालाई जोडने मुख्य चाप भएको कारण पनि वडा नम्बर स्थानिय जनप्रतिनिधिहरुको उदासिनताको कारण बाटो बन्न नसकेको स्थिानिय नुरआलम मियाको गसनासो रहेको थियो ।

वडा नम्बर ९, १० र ११ स्थिानिय रानीघाटबासीहरुको गुसनासो वडा अध्यक्षहरुले नसुने पछि रानीघाटका स्थानियहरुले नगरप्रमुख विजयकुमार सरावगीलाई गुनासो गरेपछि सरावगीको पहलमा वीरगन्जको घण्टाघर देखि रानीघाटको पुल जाने बाटो निर्माणका कामले तिब्रता पाएको हो ।

काम सुरु भएको देखेर रानीघाटका स्थानियहरु चौकमा जम्मा भई नगरप्रमुख सरावगीलाई धन्यबाद समेत दिएका छन ।