क्यान महासंघमा मनोनयन : कुँवर समूहका १३ निर्विरोधमा प्रदेश २ बाट सिंह र श्रेष्ठ

136

वीरगंज, मङ्सिर २ – कम्प्युटर एसोसिएसन नेपाल महासंघको आसन्न निर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन सम्पन्न भएको छ । सूचना प्रविधिको छाता संगठनको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना पाण्डे समूहबीच प्रतिष्पर्धा हुँदैछ । ४२ पदका लागि हुने निर्वाचनमा कुँवर पक्षबाट १३ र पाण्डे पक्षबाट २ जना निर्विरोध निर्वाचित भएका छन् ।

मंसिर ७ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा वस्तुगत समूहबाट ४ पदका लागि कुँवर पक्षबाट नारायण थापा, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेको छ । प्रत्येक प्रदेशबाट २ जनाको दरले १४ जना निर्वाचित हुने जिल्ला शाखा सदस्यतर्फ कुँवर समूहबाटै प्रदेश २ बाट दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ, प्रदेश ५ बाट रेशम गिरी र ध्रुवराज शर्मा, कर्णाली प्रदेशबाट दलबहादुर खड्का र भीम मल्ल, सुदूरपश्चिम प्रदेशबाट हर्क सेठ्ठी र खेमराज ढुंगानाको मात्र उम्मेदवारी परेको छ । जिल्ला शाखाबाट संयुक्त रुपमा प्रदेश १ मा ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनालीको उम्मेदवारी परेको छ । त्यस्तै व्यक्तिगत साधारण समूह महिलातर्फ ३ पदका लागि कुँवर समूहका तर्फबाट रत्नतारा बैद्य, पाण्डे समूहबाट गुणकेशरी प्रधान र सुष्मा शर्माको उम्मेदवारी परेको छ ।



संस्थागत साधारण पुरुष ४ पदका लागि कुँवर समूहबाट खुशल रेग्मी, घनश्याम खनाल, श्री पौडेल, श्रवणकुमार श्रेष्ठ, सुभाष खड्का र दिनेशराज कार्कीको उम्मेदवारी परेको छ भने पाण्डे समूहबाट रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, वसन्त लिङथेप, श्रीधर मरासिनी र रुपेशभक्त श्रेष्ठको उम्मेदवारी परेको छ । व्यक्तिगत आजीवन सदस्य समूह पुरुषतर्फ ३ पदका लागि कुँवर समूहका प्रा. डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी र पाण्डे समूहबाट हेम्पाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवालले उम्मेदवारी दिएका छन् ।

संस्थागत साधारण समूह पुरुषतर्फ ४ पदका लागि कुँवर समूहका राजन कर्माचार्य, सुरेन्द्रप्रसाद न्यौपाने, शंकरलाल श्रेष्ठ, निरञ्जन पटेल, राजेशकुमार अग्रवाल र आलोककुमार मालुको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका रणजितकुमार पोदार, विश्वराम बलामी, उमेश रघुवंशी, अरुणकुमार वंशल, बुद्धरत्न मानन्धर र न्हुछेबहादुर महर्जनको उम्मेदवारी दर्ता भएको छ । संस्थागत साधारण समूह महिलातर्फ ३ पदका लागि सर्मिला भुजेल, सरिता सिंह, रेभा राजभण्डारी र नजुमा कार्कीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै संस्थागत आजीवन सदस्य समूहको ३ पदका लागि कुँवर समूहका राजेन्द्रप्रसाद अर्याल, नविन जोशी र डा. पवनकुमार शर्माको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका विक्रम सिंह, समीर प्रधार र अहमद खानको उम्मेदवारी परकेो छ ।

जिल्ला शाखा सदस्य तर्फ प्रदेश ३ मा कुँवर समूहबाट शेखरनाथ दुलाल र भानुभक्त शर्मा तथा पाण्डे समूहका जयराम हुमागाई र श्यामकल श्रेष्ठले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा कुँवर समूहका अशोकबाबु रानाको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका जगनबहादुर गुरुङ र दुवैको संयुक्त रुपमा कृष्णप्रसाद पोखरेलको उम्मेदवारी परेको छ ।

लेखा समितितर्फ व्यक्तिगत सदस्य समूहबाट कुँवर समूहका हृदयमान श्रेष्ठ, पाण्डे समूहबाट राजु कटेल र नारायणप्रकाश भुजू, जिल्ला शाखा समूहतर्फ कुँवर समूहका भीमसेन गिरी र पाण्डे समूहका प्रशान्त टण्डन, संस्थागत समूहबाट कुँवर समूहका लक्ष्मण यादव र पाण्डे समूहबाट केशवप्रसाद भट्टराई र अनिता बरालको उम्मेदवारी परेको छ ।