×

 

सन्जय सहनी, रौतहट १ मंसिर । रौतहटको मुख्य ब्यापारीक केन्द्र गरुडा स्थित एउटा होटेलमा प्रहरीले छापामारी गर्दा दुईजना केटी सहीत सातजना पक्राउ परेका छन ।

बिषेश सुचनाको आधारमा प्रहरीले गरुडा स्थित होटेल खुसीमा छापामारी गर्दा संबेदनसिल अवस्थामा रहेकी दुईजना केटी र चारजना केटालाई पक्राउ गरेको हो ।

शनिवार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र शिंहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारी गर्दा अर्धनग्न दुई केटीका साथै त्यसै अवस्थामा पाँचजना केटा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बौधीमाई नपा ५ का चन्द्रिका साह,वडा ३ का बिनोद ठाकुर लोहार,राधेश्याम प्रसाद कुश्वाहा,गरुडा नपा जिंगडियाटोलका शेख साजीद आलम र हाटेल सञ्चालक गरुडा ५ महमदपुरका बिन्दा साहका छोरा शिवप्रसाद साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन ।

त्यस्रगरी पक्राउपर्ने यौन ब्यवशायमा संलग्न केटीहरु सर्लाहीकी मधेसीमुलकी रहेको प्रहरीले जनाएको छ । पक्राउ केटा र केटी ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्लाको मध्यभाग गरुडा स्थित सञ्चालित अधिकांश होटेलमा यौन कारोवार लामोसमय देखी हुँदैआएकोतर शनिवार प्रहरीले होटल खुसी बाट रंगेहाथ होटेल सञ्चालक सहीत यौनब्यवशायमा संलग्न केटी र केटा सहीत सातजनालाई नियन्त्रणमा लिएपछी बास्तविक्ता सार्वजनिक भएको हो ।

Back to top