गौतम मा.वि. स्कुलले शनिबार ४२ औं वार्षिकोत्सव धुमधामका साथ भव्य रुपमा मनायो-फोटो फिचर सहित

255

 

वीरगन्ज १ मंसिर । गौतम मा.वि. स्कुलले शनिबार ४२ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । वीरगंज महानगरपालिका वडा नं. १३ स्थित रहेको गौतम माविले आफ्नो वार्षिकोत्सव भव्य र सभ्य तरिकाले मनाएको हो ।



सो कार्यक्रम स्कुलको प्रधानाध्यापक उर्मिला लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगंजका काउन्सेलर बी. सुरेश कुमार रहनु भएको थियो ।

कार्यक्रममा नर्सरी देखि १ कक्षाका विद्यार्थीहरुले सांगेतिक तथा नृत्य प्रस्तुत गरी सबैको मन जितेका थिए । कार्यक्रममा स्कुलका निर्देशक सोनम लामाले विद्यार्थीहरुको हौसला बढाउन विभिन्न कार्यक्रम तथा खेलकुदको आयोजना गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइरहने बताउनु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि दूतावासको काउन्सेलर सुरेश कुमारलाई स्कुलका प्रधानाध्यापक उर्मिला लामाले मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा प्रशासनका शाखा प्रमुख अरबिन्दलाल कर्ण, वडा नं. १३ का वडा अध्यक्ष तुफान अंसारी, ब्रहृमाकुमारी राजयोग सेवा केन्द्रको रविना दिदी, मनिष सिंह, रमेश कुमार शर्मा, बेद गुरुङ लगायत शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सो स्कुलको शिक्षक सौराज प्रधानले गर्नु भएको थियो ।