×

 

वीरगंज ३० कात्तिक । वीरगंज महानगरपालिकाको आदर्शनगरले ५ वर्षयता काँचुली फेरेको छ । महानगरपालिका कार्यालय रहेको आदर्शनगरका अधिकांश सडक, नाला, पूmटपाथ यसअघि जीर्ण अवस्थामा थियो ।

पशुपति आदर्शनगर टाउन प्लानिङ अनुसार तत्कालीन समयमा वीरगंजको व्यवस्थित टोलको रूपमा थियो । तर पछिल्लो समयमा जसरी प्लानिङ अनुसार जग्गा छुट्याएर बस्ती बस्यो, त्यसपछिको समयमा त्यहाँको विकास कछुवा गतिमा भएको थियो । महानगरको नेतृत्वले आदर्शनगर क्षेत्रको विकासमा खासै चासो नदेखाएकोले त्यहाँको सडक, नाला, बत्ती, पूmटपाथको अवस्था कहालीलाग्दो भएको थियो ।

आदर्शनगर क्षेत्रमा ५ किलोमिटर कालोपत्र सडक र इन्टरलकिङ टायलसहितको पूmटपाथको काम जारी छ । आदर्शनगर क्षेत्रमा एकै प्रकारको पूmटपाथ निर्माण गर्ने काममा आयोजनालाई आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्रले सघाइरहेको छ ।

केन्द्रको सहकार्यमा सडक, पेटी निर्माण भइरहेको र आदर्शनगरलाई अबको दिनमा वीरगंज महानगरको नमूना बनाउने प्रयास भइरहेको आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

केन्द्रको प्रयासमा आदर्शनगर क्षेत्रको पूmटपाथमा वृक्षरोपण गरिएको छ भने रात्रिकालीन झिलिमिली बत्तीको व्यवस्था पनि गरिएको छ । पछिल्लो समयमा आदर्शनगर बिहान र बेलुका दुवै समय हेर्न लायक भएको छ ।

वीरगंजको व्यापारिक क्षेत्र र औद्योगिक–व्यापारिक घरानाहरूको बसोबास रहेको आदर्शनगर पाँच वर्षयता व्यवस्थित बन्दैछ । मझौला शहर एकीकृत वातावरणीय सुधार योजना अन्तर्गत आदर्शनगरका केही ठाउँमा भूमिगत नाला, कालोपत्र, पूmटपाथको निर्माण भएको थियो भने अहिले सघन शहरी तथा भवन निर्माण आयोजनाले सडक कालोपत्र, पूmटपाथ र रेलिङसहितको रङ्गरोगन गर्दैछ ।

आयोजनाले वीरगंजको १३ वटा स्थानमा कालोपत्र सडक, इन्टरलकिङ टायल्ससहितको पूmटपाथ र स्टील रेलिङ निर्माणको काम रु ७० करोडको लागतमा शुरू गरेको र त्यसैको केही अंश आदर्शनरमा पनि परेको छ ।

आयोजनाले छपकैया–भन्सार, लक्ष्मणवा नहर–हाइवे, मेडिकल कलेज–हाटबजार नगवाटोल, त्रिशूलचोक, रानीघाट–घण्टाघर र आदर्शनगर क्ष्ँेत्र गरी १३ वटा स्थानमा कार्य शुरू गरेको हो ।

 

Back to top