वीरगन्जको भोलन्टियरद्वारा नेपालको मुख्य प्रवेशद्वारको सरसफाइ -फोटो फिचर सहित

162

 

वीरगन्ज ३० कार्तिक । नेपालको मुख्य प्रबेशद्वार वीरगंज शंकराचार्य गेटमा आज वृहत सरसफाई गरिएको छ । भोलन्टियर वीरगंजको आयोजनामा शंकराचार्य गेट र त्यस आसपासको क्षेत्र सरसफाई गरिएको हो ।



नेपाल कै मुख्य प्रबेशद्वारको रुपमा रहेको शंकराचार्य गेट र त्यस आसपासको क्षेत्रमा रहेको फोहरमैला सफा गर्ने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको र सफा गर्न सफल पनि भएको भोलन्टियर राजन श्रीवास्तवले वताए । तर एक दिनको सरसफाईले नहुने यसलाई निरन्तरता दिनु पर्ने समेत उनले वताए ।

विद्यार्थी, प्रहरी, बैंकर, भोलन्टियर, समाजिक कार्यकर्ता र वीरगंज महानगरपालिकाको दमकलको सहयोगमा सरसफाई गरिएको उनले जानकारी गराए ।

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्राध्यापक सुस्मा तिवारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केशी लामी क्षाने, नेवि संघका बद्रीनाथ तिवारी, समाजवादी विद्यार्थी संगठनका निघिल बर्णवाल लगायतको सयौंको सहभागिता रहेको थियो ।