विशुद्ध तस्करी पेशाबाट अरबपत्ति भएका भारतिय बिसुनपुरवा निवासी हरिनारायण गुप्ता कसरी भए नेपाली

3345
वर्षौपिच्छे फर्म बदलेर नेपाल सरकारलाई चुना लगाउंदै आएका तस्कर हरिनारायण पटक–पटक दण्डित पनि भएका छन् ।

 

वीरगंज, २९ कार्तिक । भारत बिहार आदापुर र बिसुनपुरवाका मुल निवासी हरिनारायण गुप्ता बारा जिल्लाबाट झुठो विवरण पेश गरी नागरिकता हासिल गरेका भएतापनि हालसम्म भारतीय नागरिक रहेको पोल खुलेको छ ।


जिल्ला प्रशासन कार्यालय पर्साले एक दशक अगाडी निजको नागरिकता माथि छानबिन गरेको भएतापनि पैसा खाएर फाइल तामेलीमा राखेको पोल खुलेको छ ।

विशुद्ध तस्करी पेशामा संलग्न हरिनारायण साइकलमा स्टोप, बुस्टर, रेडियोको कैरि· गर्दै संस्थागत तस्करीमा संलग्न भई अहिले अरबपत्ति भएका छन् । वर्षौपिच्छे फर्म बदलेर नेपाल सरकारलाई चुना लगाउंदै आएका तस्कर हरिनारायण पटक–पटक दण्डित पनि भएका छन् ।

अहिले देखावटी रुपमा शमशान घाट नजिकै हरिओम पार्टी प्यालेस खोलेर बसेका हरिनारायण अहिले पनि वीरगंज भन्सारका कर्मचारी मिलाएर आफ्नो धन्धा चलाईरहेका छन् । समाचार लेखुन्जेल भारतको रेकर्डमा भारतीय नागरिक रहेको हरिनारायण गुप्तालाई प्रशासनले कस्तो कारवाही गर्छ त्यो हेर्न बाँकी छ । सहारा दैनिक बाट