×

 

वीरगंज, २८ कात्तिक । पर्साको जगरनाथपुर गाउँपालिकाका बालबालिकाहरू बाल संरक्षण भत्ताबाट वञ्चित छन् । गाउँपालिकाको ६ वटै वडाका दलित बालबालिकाहरूले बाल संरक्षण भत्ता पाएका छैनन् । चमार, मुसहर, डोम, दुसाध, विश्वकर्मालगायतका दलित समुदायका बालबालिकाहरूलाई सरकारले बाल संरक्षण भत्ता वितरण गर्दै आएको छ । सो रकम स्थानीय तहमार्पmत् दलित बालबालिकाले पाउने हो । तर जगरनाथपुरका बालबालिकाले भने सो भत्ता पाएका छैनन् ।

जिल्लाका अन्य गाउँपालिकाहरूले दलित समुदायका जन्मेदेखि पाँच वर्ष उमेरका बालबालिकाहरूलाई मासिक ६ सय रुपैयाँका दरले भत्ता वितरण गर्दै आएको छ। जगरनाथपुरको छिमेकी गापाहरूले पनि दलित बालबालिकालाई भत्ता दिंदै आएका छन्। पहिले गाविस हुने बेलामा जगरनाथपुरका दलित बालबालिकाहरूले पनि भत्ता पाउने गरेको दलित अभिभावकहरूले बताएका छन् ।

गाउँपालिका बनेपछि बितेको ३ वर्षदेखि जगरनाथपुरका कुनै पनि दलित बालबालिकाले भत्ता पाएका छैनन् । त्यस्तै, सो गाउँपालिकामा आव २०७६-७७ को साउन महीनादेखि सामाजिक सुरक्षा भत्तासमेत वितरण गरिएको छैन। ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई चाडबाडका बेलासमेत भत्ता वितरण नहँुदा आर्थिक कठिनाइ भोग्नुपरेको जगरनाथपुर वडा नं १ निवासी भोला राउतले गुनासो गरे ।

यस गाउँपालिकाका अधिकांश विद्यालयले विद्यार्र्थीहरूलाई छात्रवृत्ति रकम पनि वितरण गरेको छैन। गाउँपालिकाको कार्यालयले सम्पूर्ण विद्यालयको खातामा शैक्षिक सत्रको सुरुआतमा नै छात्रवृत्तिको रकम पठाइसकेको गाउँपालिकाले जानकारी गराएको छ ।

छात्रवृत्तिको रकम सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले झिकी व्यक्तिगत काममा चलाएको स्रोतको दाबी छ । यस सम्बन्धमा हालै कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले गाउँपालिकामा लामो समयदेखि अधिकृत नहुँदा समस्या आएको बताए। उनले बाल संरक्षण भत्ताका लागि दलित बालबालिकाको तथ्याड्ढ सड्ढलन गर्न सम्पूर्ण वडा कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

नेपाल सकारको निर्देशन अनुसार सामाजिक सुरक्षा भत्ता बैंकमार्पmत् भुक्तानी दिनुपर्ने भएको तर सबै लाभग्राहीहरूको बैंकमा खाता खुली नसकेकोले समस्या भएको गिरीको भनाइ छ। उनले एक साताभित्र घरदैलोमा पुगेर गापाले भत्ता वितरण गर्ने बताएका छन्। प्रमुख कार्यकारी अधिकृत गिरीले शैक्षिक क्षेत्र निकै भद्रगोल भएकाले सुधारका लागि पहल भइरहेको भन्दै एक साताभित्र छात्रवृत्ति पनि वितरण हुने बताए । prateekdaily.com बाट

Back to top