सभासद रमेश पटेलले गरे पार्टी प्रति गद्दारी, राजपाका नेताहरुको आरोप, पटेलले गरे खण्डन

792

 

वीरगन्ज २८ कार्तिक । सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ को वडा अध्यक्षको लागि हिजो भएको मनोनयन दर्तामा राष्ट्रिय जनता पार्टीको तर्फबाट उमेदवारी हुन सकेन । राजपाकै प्रदेश सभा सदस्य रमेश पटेलको बदनियतका कारण उमेदवारी मनोनयन हुन न सकेको राजपाका नेताहरुको आरोप छ ।



यता राजपाका नेताहरु प्रदेश सभा सदस्य रमेश पटेल माथी आरोप लगाएता पनि पटेल सो कुराको खण्डन गरेका छन । यता पटेले सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ को वडा अध्यक्षको लागि आफु टिकट न लिएर आएको बताए ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ को वडा अध्यक्षको टिकट राष्ट्रिय जनता पार्टी पर्साका जिल्ला संंजोयक जगदिश र जिल्ला सचिव श्रीराम गिरीले प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसंग टिकट लिएर आएका प्रदेश सभा सदस्य रमेश पटेलले जनाए ।

निर्वाचन कार्यलयले हिजो बिहान ९ बजे देखि देउसो १ बजे सम्मका लागि मनोनयन दर्ता अवधी तोकेकोमा सो अवधी सम्ममा राजपाको तर्फबाट मनोनयन दर्ता गर्नकोहि पनि नआएको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।