यस्तो छ नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीको दादागिरी

1830

 

वीरगन्ज २७ कार्तिक । विद्यार्थीहरुसँग बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई बढी लिएको रकम फिर्ता गर्न सरकारले तुरुन्त फिर्ता गर्न उर्दी नै जारी गरेका छ । तर मेडिकल कलेजहरु चाही कानमा तेल हालेर सुनेको नसुनेझै बसेको छ ।

यस्तै मध्येको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पनि एक हो । यस कलेजले सरकाले तोकिएकाभन्दा बढी रकम विधार्थीसँग असुलेको छ । राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको रिपोर्टअनुसार यस कलेजले द्यिार्थीहरुसँग चर्को शुल्क लिएको भेटिएको हो । यस कलेजमा एमबीबीएस पहिलो वर्ष अध्ययनरत विद्यार्थी कलेजले असुलेको बढी शुल्क फिर्ताको माग राख्दै गत ६ कात्तिकदेखि आन्दोलनरत छन् । आन्दोलनको दोस्रो दिन नै कलेजका संचालक बसरुद्दीन अन्सारीले विधार्थीहरुलाई नराम्ररी कुटे ।



सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरूमा एमबीबीएस अध्ययन गर्न रु.४२ लाख तोकेकोमा कलेजले पहिलो वर्षको बोर्ड परीक्षाको फारम भर्ने वेला रु.५० लाखदेखि रु.६० लाखसम्म असुलेको थियो । परीक्षा दिन वञ्चित हुने डरले कलेजले मागेजति रकम बुझएका पहिलो वर्षका १०० विद्यार्थी अहिले आन्दोलनमा उत्रिएका हुन् ।

उक्त घटनापछि नेशनलमा एमबीबीएस पहिलो वर्षमा अध्ययनरत सबै विद्यार्थी सुरक्षा र शुल्क समायोजनका लागि पहलको माग गर्दै १३ कात्तिकमा काठमाडौं आएका छन् । वीरगञ्जको नेशनल, पोखराको गण्डकी, भरतपुरको चितवन र भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बढी असुलिएको शुल्क समायोजनको माग गर्दै १७ कात्तिकदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा ३ वर्षमा १२ वटा मेडिकल कलेजले २ अर्ब ८५ करोडभन्दा बढी रकम विद्यार्थीसँग ठगी गरेको निष्कर्ष निकालेको छ ।

मेडिकल कलेजले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त २ लाखदेखि २५ लाख रुपैयाँ लिने गरेको पाइएको छ । राष्ट्रिय सर्तकता केन्द्रले १२ वटा मेडिकल कलेजमाथि अनुसन्धान गर्दा ठगी गरेको तथ्य फेला परेको हो । केन्द्रले अनुसन्धानका क्रममा सबैभन्दा बढी रकम असुल्ने वीरगन्जस्थित नेशनल मेडिकल कलेजलाई ठहर गरेको छ । यही कलेजका मुख्य सञ्चालक हुन् अन्सारी । जसले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेको भन्दै अनेक धन्दा गरिरहेका छन् ।

वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी चिकित्सा शिक्षा आयोगको सदस्यमा मेडिकल कलेजको कोटाबाट नियुक्त भएपछि सरकारले उनलाई कारवाही गर्नुको साटो पुरस्कृत गरेको आवाज चारैतिर उठ्न थालेको छ । चर्को शुल्क असुल्ने र विद्यार्थीमाथि गुणगर्दी गर्ने÷गराउने काम गर्दै आएका अन्सारीमाथि राजनीतिक संरक्षणको आरोप पनि लागिरहेको छ ।

विद्यार्थीमाथि दिनदहाडै गुण्डा परिचालन गर्न नपाएको झोंकमा अन्सारीले कात्तिक ७ गते रातमा होस्टलभित्रै २५ जना विद्यार्थीहरुलाई १२ घण्टासम्म बन्धक बनाएर सांघातिक हमला गरेका थिए । त्यसपछि असुरक्षाको कारण देखाएर वीरगन्जको नेशनल, पोखराको गण्डकी, भरतपुरको चितवन र भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी शुल्क समायोजनको माग गर्दै कात्तिक १७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदै आएका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.जीवन क्षेत्री ‘गुण्डागर्दी गर्नेलाई कारबाही नगरिनुले कलेज सञ्चालकलाई संरक्षण गर्न खोजेको सन्देश दिएको छ’ भन्छन् । अर्का अभियन्ता तथा प्राध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा ऐन संशोधन, निजी मेडिकल कलेजले असुलेको अवैध शुल्क फिर्ता लगायतका सात–बुँदे माग राखेर डडेल्धुरा अनसनमा बसेकै दिन अन्सारी मेडिकल आयोगको सदस्यमा नियुक्त गरिएका थिए ।

तात्कालीन माओवादी केन्द्रका नेता दीनानाथ शर्मा शिक्षामन्त्री भएको बेला अन्सारीले काठमाडौंमा रहेको नेशनल मेडिकल कलेजबाट सम्बद्धता हत्याएका थिए । हाल चर्को शुल्कदेखि सिटसम्मको विवादमा तानिन पुगेका उक्त कलेज सञ्चालक अन्सारी नक्कली फ्याकल्टी निर्माण गर्दै बढीभन्दा बढी विद्यार्थीसंख्या हुल्न उद्दत भइरहेका छन् । यस विषयमा आयोग कानमा तेल हालेर बसेको देखिन्छ । हाल उनी आयोग सदस्यमा नियुक्त भएपछि आफ्नै हातमा डाडुपन्यु लिएर बसिरहेका छन् । thenepaltop.com बाट