×

 

वीरगन्ज २६ कार्तिक । छठ पर्वमा प्रदूषण मुक्त भएको सिर्सिया खोलामा पुन फोहोर बढ्न थालेको छ । सङ्लिएको खोलाको पानी फेरि धमिलिँदै छ । केही दिन ‘पर्ख र हेर’ को अवस्थामा रहेका उद्योगीले खोलामा फोहोर फाल्न थालेका छन ।

र्कार्तिक २० सिर्सिया लगायत कुनैपनी नदि वा तालतलावलाई प्रदुशित गर्ने उधोगलाई कडा भन्दा कडा कार्यवाहि गरिने वीरगन्ज उधोग वाणिज्य संघको कार्यकक्षमा आयोजित कार्यक्रममा उधोगका प्रतिनिधिहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले यस्तो चेतावनी दिएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले नदि तथा नदिको छेउछाउलाई प्रदुशित गर्ने कार्य गर्ने उधोगको संचालकहरुलाई कडा भन्दा कडा कार्यवाहि गरिने बाचा समेत गरेका थिए ।

उहाले सबै वडा अध्यक्षहरुलाई आ आफ्नो वडामा रहेका उधोगहरुको अनुगमन गर्न महानगरपालिकाले पत्राचार गरिसकेको बताउदै नदि वा नदिको घाटमा कुनै प्रकारका प्रदुशित वस्तु फालिएको पाइएमा कानु अनुसार कडा भन्दा कडा कार्यवाहि गरिने भनेका थिए ।

नगर प्रमुख सरावगीले उधोगसंचालनको इजाजत पत्र लिने बेलामा आइ एम ईमा गरिएको प्रतिवद्धता पुरा नगर्ने उधोगहरु सजायको भागीदारा हुने चेतावनी समेत दिएका थिए तर एक हप्ता नबित्दै सिर्सिया खोलामा पुन फोहोर बढ्न थालेको छ मेयर सरावगीले बोलेको कुरा ठाए–ठाए फिस देखिएको वीरगन्ज नगरबासी महसुस गरेका छन ।

प्रहरीले खोला प्रदूषणमा जिम्मेवार रहेको आरोपमा दुई साताअघि पर्सा बारा औद्योगिक करिडोरको हिमालयन लेदर उद्योगका व्यवस्थापक लिउता छुवाङ र म्यानेजर तिनजुङ गुरुङ पक्राउ गरेको थियो । ती दुईमध्ये छुवाङ चिनियाँ नागरिक हुन् भने गुरुङ भरतीय । उनीहरू यसै साता न्यूनतम धरौटीमा मुक्त भइसकेका छन ।

उनीहरूलाई नियन्त्रणमा लिएपछि करिडोरका अन्य उद्योगले पनि खोलामा प्रदूषित पानी फाल्न बन्द गरेका थिए । यतिबेला मेयर सरावगीको मौनताका कारण प्रहरी प्रशासनले अनुगमन कम गरेपछि उद्योगीहरूको मनोबल बढेको हो ।

सिर्सिया खोला बचाउ अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मी प्रहरी प्रशासनले प्रदूषणमा जिम्मेवार उद्योगीलाई कारबाही गर्ने बताए पनि व्यवहारमा उतार्न नसकेको आरोप लगाउँछन । आफूहरूले पटकपटक दबाब दिँदा पनि खोलाको अवस्था जस्ताको त्यस्तै रहेकाले अब दलका जिल्ला नेताहरूको सर्वपक्षीय भेला गर्ने उनले बताए । ‘हामीले जुलुस धर्ना दिन सक्छौं, नैतिक दबाब दिन सक्छौं,’ कुर्मीले भने, ‘तर लाठी लिएर उद्योग बन्द गराउन सक्दैनौं, न्यायका लागि न्यायपालिका गुहार्नेदेखि नैतिक दबाब दिने काम पनि सँगै गर्ने छौं ।’

बाराको सिमरादेखि वीरगन्जस्थित नेपाल भारत सीमासम्म करिब २५ किमि लामो यात्रा तय गर्ने सिर्सिया खोलाको पानी उदगमस्थलबाट २ किमिपछि क्रमशस् दुर्ग्न्धित बन्दै जान्छ । यस क्षेत्रमा बनेको औद्योगिक करिडोरसँगै खोलामा फोहोर फाल्ने क्रम बढेको हो ।

Back to top