प्रधान मन्त्रिको धाकमा व्यापारी सत्य नारायण कयालले १५ करोड रुपैयाँ विजुलीको पैसा नतिरेको खुलाशा !

1125

 

२५ कार्तिक । कुलमान घिसिङले नीजि उद्योगधन्दाहरुलाई धराशायी बनाउन खोजेको आरोप लगाउँदै आएका सत्य नारायण कयालले विद्युत प्राधिकरणलाई करोडौँ रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । कयाल समुहद्धारा संचालित नारायणी इस्पातले विद्युत उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने करौडौँ रुपैयाँ महशुल नतिरेको पाइएको हो ।



सत्य नारायण कयाल अध्यक्ष रहेको कयाल समुहद्धारा संचालित नारायणी इस्पातले वि.स २०७२ साउनदेखि ०७३ असार महिनासम्मको विद्युत महशुल भुक्तानी नगरेको देखिएको छ । दियोपोस्टलाई प्राप्त विवरणअनुसार २०७२ सालदेखिको एक बर्षको अवधिसम्म उक्त कम्पनीले ५६ लाख ५० हजार २४ युनिट विद्युत खपत गरेको देखिएको छ । सोही बराबर कम्पनीले प्राधिकरणलाई तिनुपर्ने रकम रु. ८ करोड ४५ लाख ५७ हजार ७ सय ७७ रुपैयाँ ३७ पैसा देखिएको छ ।

नारायणी इस्पातले आधा भन्दा कम रकम ३ करोड दश लाख ६३ हजार मात्र महशुलवापत प्राधिकरणलाई बुझाएको देखिएको छ । सो कम्पनीले ३ करोड ३८ लाख ८४ हजार ७ सय ७६ रुपैयाँ ६८ पैसा प्राधिकरणलाई तिर्न बाँकी रहेको विवरणम उल्लेख गरिएको छ ।

सुविधा लिने, महशुल नतिर्ने

पर्साको बिरगंजमा रहेको उक्त कम्पनीले लोडसेडिङको समयमा ट्रंक तथा डेडिकेटेड प्रसारण लाईनमार्फत विद्युत सेवाको सुविधा उपयोग गर्दै आएको थियो । सुविधा लिएपछि महशुल तिर्ने बेलामा भने कयालले विभिन्न बहानाबाजी गर्न थालेका छन् । तीन बर्षअगाडीको महशुल अझैसम्म पनि तिर्न बाँकी रहेको उच्च स्रोतले जनाएको छ ।

ट्रंक तथा डेडिकेटेड लाईनमार्फत विद्युत सुविधा लिएवापत आर्थिक बर्ष २०७२÷०७३ मा सत्यनारायण केयल अध्यक्ष रहेको नारायणी इस्पातको नाममा करोडौँ रुपैयाँ बक्यौता रकम देखिएको छ । विवरणअनुसार उक्त कम्पनीले सोही आर्थिक बर्षमा १२ करोड ३३ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ ५१ पैसा प्राधिकरणलाई तिर्नुपर्ने देखिएको छ ।

ट्रंक तथा डेडिकेटेड लाईनसहित कयाल अध्यक्ष रहेको उक्त कम्पनीले प्राधिकरणलाई जम्मा १५ करोड ७२ लाख ४३ हजार एक सय १२ रुपैयाँ १९ पैसा तिर्न बाँकी रहेको पाइएको छ ।

महशुल नतिर्न उच्च अहोदाका नेताहरुसंग गुहार !

विद्युत प्राधिकरणले जारी गरेको करिब १० अर्ब शुल्क तिर्न व्यवसायीहरुले आनाकानी गर्दै आएका छन् । विभिन्न अदालतमा मुद्धा दायर गरेको भएतापनि अदालतले व्यापारीहरुको मुद्धा नै खारेज गरिदिएको छ । मुद्धा खारेज भएपछि व्यवसायीहरु हाइ प्रोफाइल नेता तथा मन्त्रीहरुको शरणमा पुग्ने र महशुल कटौती गर्न अनेक प्रकारका लोभ र अनुरोध गर्ने गरेको पाइएको छ ।

आफुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निकट पात्र बताउँदै सत्यनारायण कयालले प्रधानमन्त्रीकै फोर्स लगाएर आफुले संचालन गरेको उद्योगमा निकै कम बिलिङ गर्न लगाएको समेत स्रोतको दावि छ ।

घिसिङ बिरुद्ध सक्रिय

कयालले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणको नेतृत्व गरिरहेका कुलमान घिसिङमाथि विभिन्न आरोप लगाउने र आफु पन्छिन खोज्ने रवैया देखाउँदै आइरहेका छन् । केही दिनअघि राष्ट्रिय संचारमाध्यममा नै कयालले खुल्लमखुल्ला घिसिङमाथि उद्योगधन्दा धराशायी बनाउन खोजेको आरोप लगाएका थिए ।

करोडौँ रुपैयाँ बिल तिर्नुपरे उद्योगधन्दाहरु धराशायी बन्ने बताउँदै कयालले प्राधिकरणका प्रमुख प्रवन्ध निर्देशक कुलमान घिसिङको रवैयाकै कारण उद्योग बन्द हुने अवस्थामा पुगेको आरोप लगाए ।

घिसिङले भने विद्युत सेवा लिएवापत प्राधिकरणले उठाउनुपर्ने रकम मात्र उठाउन लागेको बताएका छन् । ‘लोडसेडिङको बेला डेडिकेटेड प्रसारण लाईनको सुविधा लिएका उद्योगीबाट प्रिमियम शुल्क उठाउन लागेका हौँ’, उनले भनेका छन्, ‘संचालक समिति बैठकले एकैपटकभन्दा पनि किस्ता किस्तामा बक्यौता रकम उठाउने निर्णय गरेको छ ।’ diyopost.com बाट