×

 

वीरगन्ज २४ कात्र्तिक । भरतले नेपाली भुमि कब्जा गरेको भन्दै आज वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रर्दशन गरिएको छ । नेकपा निकट अनेरास्ववियु र देश बचाउ संर्घष समिती तथा नेपाल विद्वत परिषदले भारती बिरुद्ध प्रर्दशन गरेका हुन ।

कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो ,लुम्पियाधुरा हाम्रो हो,नेपाली सिमा मिच्न पाईदैन, नरेन्द्र मोदी मुर्दावाद ,भारतीय बिस्तारवाद मुर्दावाद लगायतका नारा लगाउदै सयौं युवाहरु प्रर्दशन गरेका थिए ।

घण्टाघरबाट शुरु प्रर्दशन भारतीय महावाणिज्य दूतावास अगाडी पुगेर कोण सभामा परिणत भएको थियो। वक्ताहरुले भारतले हालै प्रकाशण गरेको नक्सामा नेपाली भुमिलाई भारतमा देखाएकोमा कडा आपति जनाएका थिए ।

भारतले नेपाली भुमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । अनेरास्ववियुका युवा नेता मित्रदेव यादव र देश बचाउ संर्घष समितीका युवा नेता महमुद अंसारीकोे नेतृत्व प्रर्दशन भएको थियो ।

 

Back to top