×

वीरगंज, कार्तिक २४ - सृजनशील युवाहरुको समुह संस्कृतिको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. २ मा महिला तथा बालबालिकाका लागि लक्षित पोषण सम्बन्धित तालिम सम्पन्न भएको छ ।

संस्कृतिका सदस्य जितेन्द्र गिरीको अध्यक्षतामा आयोजित कार्यक्रम वीरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शेख अब्बासको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । ३५ महिला सहभागिता रहेको तालिमको पोषण पुन: स्थापन गृह वीरगंजकी प्रवन्धक सरिता यादव रहनु भएको थियो ।

३ दिन सम्म चलेको तालिमामा महिलाहरुलाई बालबालिकाहरुको पोषण सम्बन्धितलगयात बालबालिकाहरुको स्यार सुसार तथा पौष्टिक खाने कुराहरुको बारेमा प्रशिक्षण दिएको थियो । तालिमामा सहभागीहरुलाई शिशुलाई कुपोषणलगयात अन्य खतरनाक रोगहरुबाट जोगाउने उपायहरुको बारेमा समेत प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा वडा नं. २ का वडा सचिव राज कुमार प्रसाद, सह-वडा सचिव रमेश श्रेष्ठलग्यात्को उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन अफ्रोज आलमले गरेका थिए ।

Back to top