अनेरास्ववीयु पर्सा द्धारा भारतीय दुताबास अगाडी प्रदर्शन

49

वीरगन्ज,२४ कातिक  सतारुढ- दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भातृसंगठन अनेरास्ववीयु पर्साले भारत विरुद्ध आईतबार वीरगन्जमा प्रदर्शन गरेको छ ।भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको भन्दै भारतीय दुताबास अगाडी प्रदर्शन गरेको हो ।

अनेरास्ववीयु पर्साका अध्यक्ष मित्रदेव यादवको अगुवाईमा भएको प्रदर्शनमा ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित नेपाली भूमि फिर्ता गर’ लेखिएको ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थी उत्रिएका थिए ।



प्रदर्शनमा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री मुर्दावाद ,छिमेकी शत्रु चाहिदैन ,नेपाली जग्गा मिच्न पाईदैन ,नेपालको जग्गा फिर्ता गर ,लगायतको नारा लगाउदै भारतीय दुताबास अगाडी प्रदर्शन गर्दे धर्ना दिएका थिए ।

प्रदर्शन कार्यक्रममा नेकपाका नेता उमेश गुप्ता , अनेरास्ववीयुका हेमन्त तामांग , संदिप यादव ,बिबेक साह ,नसिम अख्तर ,बलिराम साह ,मेराजुल अंसारी ,अकलेश साह, महमुद अंसारी , सगीर अहमद , बिशाल सरार्फ , सिता पटेल , रामबाबु मंडल लगायतको सहभागीता रहेको थियो ।