×

 

वीरगन्ज २३ कार्तिक । वीरगन्ज महानगरपालिका वडा नं. १२ र १३ मा संयुक्त रूपले वृहत् पार्टी प्रवेश कार्यक्रम भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. १२ र १३ मा संयुक्त रूपले वृहत् पार्टी प्रवेश कार्यक्रम वडा नं. १२ को इकाई अध्यक्ष मदन प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

पार्टी प्रवेश गर्नेहरूमा मुन्ना गुप्ता, म. साबिर, धिरज श्रीवास्तव, कर्मठ सिंह, शेखर बहादुर सिंह, मुरली कलवार, शेख शिरोज, बाबुजान अंसारी लगायत रहेका थिए ।

सैफ अलीको नेतृत्वमा भएको पार्टी कार्यक्रममा राजपा नेपालका महासचिव राजेश मान सिंह, केन्द्रीय सदस्य महाबीर प्रसाद शर्मा, जिल्ला अध्यक्ष प्रेम बाबू पटेल, उपाध्यक्ष जटाशंकर साह, सचिव उमेश लाल सहनी, शिक्षकको अभिषेक तिवारी, महानगर अध्यक्ष लियाकत अली, कोषाध्यक्ष अफरोज अली, युवा दस्ता को अध्यक्ष बिष्णु पटेल, युवा नेताहरू शौकत अली, जितेन्द्र पटेल, नगर युवा अध्यक्ष राजु गुप्ता, सदस्य राहुल सर्राफ, बिधार्थी नेताहरू सगिर अली, अनिश कुशवाहा, विवेक कुमार झा लगायतको उपस्थिति रहेको थियो ।

Back to top