शुभ श्री जगदम्बा सिमेन्टको सहयोगमा ६ सय ब्रतालुलाई सांसद प्रदिप यादवले गरे साडि वितरण

92

 

वीरगंज १५ कात्तिक । वीरगंज महानगरपालिका भित्र शहरी गरिबि जीवन व्यक्तीत गरिरहनु भएका नगवा, गहवा, कुम्हाल टोल, मिथिला नगर, मनियारी, भवानीपुर, ईनर्वा टोल ६ सय ५ परिवारलाई सांसद प्रदिप यादवले साडि तथा पिठो वितरण गर्नुभएको छ ।



शुभ श्री जगदम्बा सिमेन्ट र क्याल ग्रुपको सहयोगमा सांसद प्रदिप यादवले आजपनी छठपर्वका ब्रतालु महिलाहरुलाई ६ सय ५ वटा साडि वितरण गर्नु भएको हो ।

हिन्दुहरुको महान पर्व तथा निकै कठिन मानिने छठ पर्व ब्रतका ब्रतालुहरुको सहयोगका लागी उहाँले साडि तथा पिठो वितरण गर्नु भएको हो । हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गरेको सांसद प्रदिप यादवले जानकारी गराउनु भएको हो ।

छठपर्वको शुभकामना दिनुहुदैँ उहाँले आफ्नो क्षेत्रका प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउदाँ आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताउनु भएको थियो ।

वीरगंज महानगरपालिकाको वडा नं. ५, १६, १८, २२ मा भएको कार्यक्रममा शुभ श्री जगदम्बा सिमेन्टका विवेक कुमार, क्याल ग्रुपका रितेश क्याल, प्रदेश सांसद जन्नत अंसारी, वडा नं. १८ का मोहन राउत कुर्मी, वडा नं. १६ का वडा अध्यक्ष श्याम चौरसिया, आनन्द पटेल, हरेन्द्र कुर्मी, हिरालाल राम, ओम प्रकाश साह कानु, प्रभु साह, अमोद यादव, लगायतको उपस्थिति रहेको थियो ।