बारा डिषटलरी प्रा.ली.का संस्थापक जमुना कुमहालद्वारा २ सय ३० जना छठ ब्रताललाई साडि वितरण

153

 

बारा १५ कात्तिक । बारा नगरपालिका बिश्रामपुर गाउ पालिका वडा न ५ र २ ईटियाही टोलमा रहेका गरिबि जीवन व्यक्तीत गरिरहनु भएका एकल परिवार २ सय ३० जना परिवारलाई बारा डिषटलरी प्रा.ली.का संस्थापक जमुना प्रसाद कुमहालद्वारा साडि वितरण गरिएको छ ।



हिन्दुहरुको महान पर्व तथा निकै कठिन मानिने छठ पर्व ब्रतका ब्रतालुहरुको सहयोगका लागी बारा डिषटलरी प्रा.ली.का संस्थापक जमुना प्रसाद कुमहालले साडि वितरण गर्नु भएको हो ।

हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी वितरण गरेको बारा डिषटलरी प्रा.ली.का संस्थापक जमुना प्रसाद कुमहालका छोरा अजय प्रजापतिले जानकारी गराउनु भएको हो ।

छठपर्वको शुभकामना दिनुहुदैँ जमुना प्रसाद कुमहालले आफ्नो क्षेत्रका प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउदाँ आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताउनु भएको थियो ।