छठ पर्वको बेला र्सिसिया नदीमा प्रदुषण फाल्ने चिनिया नागरिक छुवाङ्ग र भारतिय नागरिक गुरुङ्ग पक्राउ

442

 

वीरगन्ज १५ कात्तिक । र्सिसिया नदीमा उद्योगको प्रदुषण फाल्ने छाला उद्योगका सञ्चालक र म्यानेजरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । र्सिसिया नदीमा उद्योगको छाला प्रशोधन पछि निस्किएको रसायनयुक्त प्रदुषित पानी फाल्ने हिमालयन लेदर फयाक्ट्रीका संचालक लिउता छुवाङ्ग र मकवानपुर जिल्ला वस्ने म्यानेजर तिनजुङ्ग गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ परेका छुवाङ चिनिया नागरिक हुन भने म्यानेजर गुरुङ्ग भारत घर भई मकवानपुरमा बसोबास गर्दै आएका छन । बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २३ भलुहीमा रहेको उद्योगले छाला प्रशोधन पछि निस्किएको रसायनयुक्त प्रदुषित पानी बिरगञ्ज महानगरपालिका वडा नम्बर ३२, चोर्नी स्थित सिर्सिया नदीमा खुला रुपमा बगाउदै आएको पर्सा प्रहरीले जनाएको छ ।

छाला उधोगबाट निस्किएको रसायनयुक्त फोहोर पानी र्सिसिया नदीमा नबगाउन पटक पटक अनुरोध तथा निर्देशन दिंदा पनि अटेर गरी नदीमै फोहोर पानी बगाउदै आएकोले उद्योग सञ्चालक र म्यानेजर दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो।

तराई मधेसको सबै भन्दा ठुलो छठपर्वलाई मध्यनजर गर्दै प्रशासनले छठपर्वसम्म र्सिसिया नदीमा उद्योगजन्य फोहोर नफाल्न निर्देशन दिएको थियो ।

छठपर्व शुरु भएपनी सिर्सिया नदी सफाई नभएको भन्दै सांसद यादवले नदि प्रदुषण गर्ने उधोगीलाई कडा कार्वाही गर्न सांसद प्रदिप यादवले कडा निर्देशन दिनु भएको छ ।

सिर्सिया नदीमा भइरहेको प्रदुषण रोक्नका लागि छठ पुजालाई मध्यनजर गर्दै साँसद प्रदीप यादवको नेतृत्वमा सोमवार प्रदुषण गर्ने उधोगहरुमा अनुगमन गरिएको थियो । त्यसपश्चात पनी सिर्सिया नदीमा प्रदुषण नरोकिएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत जानकारी लिदैँ तथासिघ्र नदि सफाईका लागी संलग्न उधोग सञ्चालकहरुलाई पक्राउ गरि कार्वाही गर्न निर्देशन दिनु भएको वहाँले जानकारी गराउनु भएको छ ।

सोमबार पर्सा बारा करिडोरका उद्योगहरुलाई छठ अगाडि कुनै पनि किसिमको फोहोर नदी वा नदीछेउमा उत्सर्जित नगर्न निर्देशन दिएको थियो तत पश्चात पनी नदी सफाई नभएको भन्दै जिम्मेवारी पुरा गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको थियो ।

तया पर्सा प्रहरीले कारखानाबाट निष्कासित फोहर नदीमा फ्याँकेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलहीस्थित हिमालय लेदर फ्याक्ट्रीका सञ्चालक छन् । पक्राउ पर्नेमा कारखानाका सञ्चालक चिनियाँ लिउता छुवाङ र भारतीय तिनजुङ गुरुङ रहेका छन् ।

उता सिर्सिया खोलालाई प्रदुषित गर्ने कसैलाई पनि नछाडिने चेतावनी नगर प्रमुख बिजय कुमार सरावगीले दिनु भएको छ ।उहाले छठ वा छठ पछिपनि नदिलाई प्रदुसित गर्ने कसैलाई पनि नछाडिने चेतावनी दिनु भएको हो ।  उहाँले उद्योगहरुबाट उत्र्षजित भएका रसायण युक्त फोहर पानी वा अन्य कुनै पनि प्रकारका फोहरजन्य बस्तु खोलामा मिसाएको भेटिए हदैसम्मको कार्यवाह गरिने बताउनु भयो ।

सिर्सिया नदि एव्म वीरगन्ज प्रदुषण मुक्त अभियान पर्साका पदाधिकारीहरुद्धारा ज्ञापन पत्र बुझदै नगर प्रमुख सरावगीले यस्तो चेतावनी दिनु भएको थियो । खोलामा फोहरजन्य पदार्थ मिसाउदै गरेका दुई जनालाई पक्राउ गरि कर्यावाहि अगाडि बढाइएको बताउदै उहाले खोलाको पानीलाई प्रदुषित पार्ने  उद्योगका कर्माचारी वा संचालकलाई समेतलाई कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सा प्रमुखलाई आफुले निर्देशन दिएको र सो निर्देशनकैं आधारमा दुई जनालई पक्राउ गरिएको प्रस्टपार्नु भयो।

सिर्सिया खोलको पानीलाई प्रदुषित पार्ने उद्योग , संघ संस्था वा व्यक्ति वारे जानकारी दिई महानगरपालिकालाई सहयोग गर्न सर्वसाधारणसंग अपिल गर्दै नगर प्रमुख सरावगीले खोलालाई प्रदुशित पार्ने कसैलाई अधिकार नभएको प्रस्ट पार्नुभयो । उहाँले सिर्सिया खोला बहाव क्षेत्रलाई अतिक्रमण गरी बसेकाहरुलाई हटाउन महानगरपालिकाले चाँडै अभियान चलाउने र सो अभियानमा सहयोग गर्न नगरवासिलाई आग्रह गर्नुभयो ।

सिर्सिया खोलासंग जोडिएका वडाका वडा अध्यक्षहरुले खोलाको पानी प्रदुषन गर्नेलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने धारणा नगर प्रमुख सरावगीले राख्नु भयो । उहाँले खोला प्रदुषित पर्ने विरुद्ध जाई लागन वडा अध्यक्षहरुलाई निर्देशन समेत दिनुभयो ।

बारा–पर्सा औद्योगिक करिडोमा संचालित उद्योगबाट उतसर्जित रशायन युक्त पानी तथा फोहरले भइरहेको खोलाको  प्रदुषण तत््काल रोकन मागगर्दै सिरिसिया बचाउ अभिायन समितिले  वीरगन्जमा जुलुश प्रदर्शन गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।

सिर्सिया नदिको सफाई र अतिक्रमणबाट मुक्त गराउन महानगरपालिकाले अभिायनकै रुपमा लिएर अगाडि बढेको बताउदै यसमा समाजसेवी ,विभिन्न राजनैतिक दल , पेशा कर्मि,नागरिक समाज लगायत सम्पुर्ण नगरबासिको  सहयोग आवश्यक रहेको नगर प्रमुख सरावगीको भनाइ समेत रहेको थियो ।