×

 

वीरगन्ज १४ कात्तिक । रुड्डटा वेलफेयर सोसाइटीको सहयोगमा सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. ३१ का बेल्वा र भेडियाहिका महिला कैदीबन्दीहरुलाई साडी वितरण गर्नु भएको छ ।

हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको बेला सबैले नयाँ नयाँ लुगा कपडा लगाई पर्व उत्सव मनाउने गरेका दिन दुखि गरिबलाई साडि वितरण गरिएको हो ।

प्रत्येक वर्ष झै यसवर्षपनि उहाँको सहयोगमा आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गर्नु भएको हो ।

आजदेखि नहाय खाए विधिसुरु भएसंगै छठपर्व शुरु भएको छ यसैको अवसरमा सांसद प्रदिप यादवको पहलमा हरेकवर्ष दिन दुखी गरिब तथा असहायलाई साडी तथा पिठो वितरण गरिने गर्दछ ।

आज बेल्वा र भेडियाहिका १ सय ५३ जना महिलाहरुलाई साडी तथा पिठो वितरण गरिएको छ । कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी उधोगी सुरेश रुगंटा, समाजवादी पार्टी नेपालका कुर्वान अंसारी, इमामुल अंसारी, इमामुल अंसारी, जितेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

Back to top