×

 

वीरगन्ज १३ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले सामुदायगत परम्परा कायम राख्न एक अर्काप्रति श्रदासुमन हुन जरुरी रहेको बताउनु भएको छ । हिन्दुले मुस्लिम, मुस्लिमले हिन्दु, त्यसैगरी सिक, ईसाई र विभिन्न जातजातीको पर्व एकअर्काले मनाउदाँ सास्कृतिक विस्तार हुने बताउनु भएको हो ।

छठपर्वका लागी ब्रतालुहरुलाई साडी तथा पिठो वितरण गर्नु हुँदै उहाँले सदियौँ देखि बस्दै आएको एक अर्काको भाईचार हुन जरुरी रहेको बताउनु भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. ३१ बेल्वाको कोन्हिया दलित बस्ती, लक्ष्मीपुर, कटगेनवा र मिलन चोकमा रुगंटा वेलफेयर सोसाइटीको सहयोगमा साडी तथा पिठो वितरण गर्नुहुँदै उहाँले समपन्नताले अपुगलाई सहयोग गरे समाज सृद्धढ हुदैँ जाने बताउनु भएको थियो ।

प्रत्येक वर्ष झै यसवर्षपनि उहाँको सहयोगमा आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गर्नु भएको हो । भोलि विहिबारदेखी नहाय खाए सुरु भएसंगै छठपर्व शुरु हुँदैँछ यसैको अवसरमा सांसद प्रदिप यादवको पहलमा हरेकवर्ष दिन दुखी गरिब तथा असहायलाई साडी तथा पिठो वितरण गरिने गर्दछ ।

दुई सय २५ घर परिवारलाई साडी तथा पिठो वितरण गरिएको कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी उधोगी सुरेश रुगंटा, समाजवादी पार्टी नेपालका उपाध्यक्ष सुन्दर कुर्मी, सुलमान अंसारी, इमामुल अंसारी, जितेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

Back to top