मन्त्री जितेन्द्र सोनलद्वारा शुभकामना आदान प्रदान तथा चिया पानको कार्यक्रम

269

 

वीरगंज, १३ कार्तिक । शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेशसभामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलद्वारा आज परवानीपुर स्थित उनका निवासमा शुभकामना आदान प्रदान तथा चिया पानको कार्यक्रम गरेका छन ।



शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता, समाज सेवी र उनका गाउँघरका छिमेकीहरु लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।