एउटै देशमा दुईवटा कानुन हुनै नसक्ने,वीरगंजको मुख्य सडक २५/२५ मिटर नै तोडिन्छ-नेता गुप्ता

2908

 

वीरगंज,१३ कार्तिक । संबिधान सभा सदस्य एवं नेकपा नेता राजकुमार गुप्ताले एउटै देशमा दुईवटा कानुन हुनै नसक्ने बताउनुभयो ।



ओविसी पर्साले आयोजना गरेको शुभकाना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले वीरगंजको गण्डक सम्म सडक फराकिलो भईसकेकोले गण्डक देखि वीरगंज भन्सार सम्म सडक फराकिलो नहुनेमा कुनै दुईमत नरहेको बताउनुभयो ।

उहाँले यहि सरकार र सडक बिभागले गण्डक संम्म घर तोडेकोले गण्डक पछि सडक फराकिलो गर्न अर्को कानुन नबन्ने बताउनुभयो । वीरगंजको मुख्य सडक २५÷२५ मिटर फराकिलो गर्न आफु लगायत नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, नेता बसरुदिन अंसारी लगायत नेताहरु भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ संग भेट गरी सडक फराकिलो गर्न आग्रह गरेको बताउनुभयो ।

उहाँले वीरगंज बिकाश युवा संर्घष समिती र वीरगंज बचाउ संर्घष समिती दुवै पक्षको कुरा सुन्ने नेताको काम भएकोले पिडित पक्षले लिएर गएको डेलिगेशनलाई मन्त्री महासेठले पनि कुरा गर्नुपर्ने आफनो मान्यता रहेकोले आफु लगायत नेकपाको केही नेताहरु मन्त्री महासेठ संग भेट गरेको बताउनुभयो ।

उहाँले डेलिगेशन लिएर गएकाहरु संग मन्त्री संग भेटदैमा वीरगंजको सडक फराकिलो गर्नुहुन्न भन्ने हाम्रो मान्यता नरहेको प्रष्ट पार्नुभयो ।

वीरगंजको मुख्य सडक फराकिलो नहुदा बिरामीलाई समेत अस्पताल जान समस्या हुने गरेकोले त्यो फराकिलो हुनै पर्ने धारणा राख्नुभयो ।

अखिल नेपाल पिछडावर्ग(OBC) पर्साले आज बीरगंजमा आयोजना गरेको छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्क्रममा नेकपाका नेता गुप्ताले वताएका हुन् ।

OBC पर्सा द्वारा आयोजित चियापान कार्यक्रममा बिसिष्ट अथितिको रूपमा आफ्नो मन्तव्य राख्दै पुर्व सांसद एवम् संबिधान सभा सदस्य नेकपा नेता राजकुमार गुप्ता ।

पत्रकार मोहन लाल पंडित ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಅಕ್ಟೋಬರ್ 29, 2019