×

 

वीरगंज १२ कार्तिक । पर्साको पोखरीया नगरपालिकामा रहेको श्री जिल्ला उच्चाङल रामदेव कलवार प्राबिधिक उच्च माबिले बिद्यार्थीहरुसंग चर्को शुल्क उठाएको बिद्यार्थीहरुले जनाएका छन ।

नेपालको संविधान भाग ३ को शिक्षाको मौलिक हक ३१ मा माध्यमिक शिक्षा सम्म निशुल्क ब्यवस्था भएपनि पोखरिया मा.बिले कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरु संग विभिन्न शिर्षकमा रकम संकलन गरिरहेको बिद्यार्थीले आरोप लगाएका छ्न ।

अहिले बिद्यालयले रेजिस्ट्ष्न फारम र अन्य शुल्क गरि कक्षा १० का प्रत्येक विद्यार्थीसंग रु. १३८५ र कक्षा ९ का बिद्यार्थी संग रु. ८८५ शुल्क लिइरहेको छ । बिधालयमा अहिले ९०० भन्दा बढी रहेको छ्न ।नेपाल सरकारले नमूना मा.बि घोषण गरे पछि बिद्यालयले अस्वभाविक रुपमा शुल्क वृद्धि गरेको छ ।

पोखरिया ४ का अभिभावक प्रदिप चौहानले बिधालयको पठन पाठनमा सुधार नआएको, नियमित रूपमा सबै विषयको पढाइ नहुने गरेको आरोप लगाउनुभयो ।

Back to top