इन्टरपोलको महासभामा सहभागी भई नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल स्वदेश फर्किए

33

 

वीरगन्ज । इन्टरपोलको महासभामा सहभागी हुन दक्षिण अमेरीकी मुलुक चिलि गएका नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल स्वदेश फर्किएका छन्। इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन् चिलि गएका आईजिपी खनाल शुक्रबार राती १० बजे नेपाल आईपुगेका हुन्।



असोज २८ गतेदेखी कार्तिक १ गतेसम्म चलेको महासभालाई आईजिपी खनालले सम्बोधन गरेका थिए। साथै ईन्टरपोल प्रमुखलगायतसँग पनि भेटघाट गरेका थिए।

महासभा सकिएपछि उनी केहिदिन अमेरीका नै बसेका थिए। यसैक्रममा प्रहरीले इन्टरपोलको सहयोगमा एकजना फरार अभियुक्तलाई पनि पक्राउ गर्न सफल भएको छ। १९ वर्षअघि झापामा भएको सामुहिक बलात्कारपछि हत्यामा संलग्न लिलाराज गौतमलाई प्रहरीले अमेरिकाबाट नेपाल झिकाएको हो।

महासभा सकिएपछि खनाल यसै कामका लागि केहि समय अमेरीका नै बसेको प्रहरी श्रोतले जानकारी दियो। खनाललाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा प्रहरी प्रवक्ता डिआईजी बिश्वराज पोख्रेल, महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी, महानगरीय अपराध महासाखाका प्रमुख एसएसपी सहकुल थापालगायतले स्वागत गरेका थिए।