×

 

वीरगन्ज ११ कातिक । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भनेर देश भरिका मेडिकल कलेजको बारमा निकै टिका—टिप्पणी भैरहेको बेला हालै त्रिभुवन बिश्व बिद्यालय उपकुलपतिको कार्यालयबाट नयाँ निर्णय आएको छ ।

अस्ति बसेको बैठकको निर्णय नम्बर २६८६ ले बढी शुल्क अधिकांस मेडिकल कलेजले नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको कुरा समेत संसदीय समितीले उल्लेख गरिको कुरालाई स्पष्ट पार्दै नयां निर्णय कार्यन्वयनको लागि परिपत्र समेत जारी गरेको छ ।

सो निर्णयमा कम्युनिटी, इन्टर्नसिप, परिक्षा शुल्क, कर बोनस तथा नाफा बापतको भुक्तानी रकम लिइसकेको बाहेक बढी शुुल्कलाई हाल पढिरहेको बिद्यार्थीहरुबाटै मिलान वा समायोजन गर्न निर्देशन दिएपछि घुमाउरो पाराले बढी लिइएको भनिएको शुल्क समायोजनको मार्ग निकालेर कलेजलाई भने राहात प्रदान गरेको छ ।

यसबारमो नेशनल मेडिकल कलेज बीरगंजका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीसंग सम्पर्क राख्दा आफुहरु सरकारले गर्ने हरेक निर्णयलाई आत्मसाथ गरेर हिँड्ने प्रतिक्रिया दिनुभयो ।

यसैबीच नेशनल मृेडिकल कलेजका दोस्रो तेस्रो र चौथो ब्याचका बिद्यार्थीहरुले आफ्नो परिक्षा भएकोले अबिलम्ब पठन—पाठनको वातावरण निर्माण गर्न आग्रह गर्दै प्रबन्ध निर्देशकको नाममा दर्जनौं मेडिकल बिद्यार्थहरुले निबेदन समेत दिएका छन ।

Back to top