×

 

वीरगन्ज ११ कातिक । सिर्सिया नदीमा भइरहेको प्रदुषण रोक्नका लागि छठ पुजालाई मध्यनजर गर्दै पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवको नेतृत्वमा सोमवार अनसगमन गरिएको छ ।

बीरगजका नगरप्रमुख बिजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टराई, जिल्ला प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापा लगायत सामेल रहेको अनुगमन टोलीले करिडोरमा रहेका उद्योगमध्ये मुख्य प्रदुषणकर्ताको रुपमा चिनिएका ८ वटा उद्योगहरुमा अनुगमन गरेको हो ।

पर्सा बारा करिडोरका उद्योगहरुलाई छठ अगाडि कुनै पनि किसिमको फोहोर नदी वा नदीछेउमा उत्सर्जित नगर्न निर्देशन दिएको छ । खास गरी ६ वटा छाला उद्योगहरुलाई टोलीले बिशेष रुपमा निर्देशन दिएको हो ।

‘छठ पुजा अगाडि केही हदसम्म भएपनी सिर्सिया नदीलाई सफÞा

बनाउने भनेर एउटा प्रयास हामीले गरेका हौं, आज मेरो नेतृत्वमा हामीले बिभिन्न उधोगमा अनुगमन गरी उद्योगको फोहर पानी नदीमा वा नदी छेउमा न फाल्न भनेका छौं,’ साँसद यादवले भने, ‘यस भेगका जनता उद्योगहरुको प्रदुषणले आजित भएको अवस्था छ्, अहिले हामीले छठ पुजालाई लक्षित गरी फोहोर रोक्न निर्देशन दिएका छौं, छठ बितेपछि दिर्घकालीन समाधान निकाल्नका निम्ति आवश्यक कारवाही चालिने योजना छ ।’

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले उद्योगहरुलाई आफ्नै हाताभित्र आफ्नो फोहोरको ब्यवस्थापन गर्नु पर्ने भनेका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले बातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पालना गर्न सबै उद्योगलाई निर्देशन दिए । छठ अगाडी भने कुनै पनि किसिमको बस्तु उद्योगमा न बगाउन नफाल्न भने ।

बारा–पर्साको औधोगिक करिडरमा रहेका उधोगहरुबाट उत्सर्जित हुने रसायनयुक्त बिभिन्न पर्दाथ नदीमैं उत्सर्जनका कारण सिर्सिया नदी प्रदुषित भएको हो । विगत देखिनै विभिन्न समयमा सिर्सिया नदीको प्रदुषण नियन्त्रणका लागि विभिन्न संघसंस्था तथा व्यतिmहरुद्वारा आवाज ठाइएको छ ।

खास गरेर प्रत्येक वर्षको छठ पर्वको समयमा नदी वरपरका गाउँहरुबाट स्थानीय प्रशासनलाई घच्घच्याउने काम भने नियमित जस्तै हुदै आएको छ । यसपाली साँसद यादवको अगुवाईमा यसमा पहल थालिएको हो ।

Back to top