क्यान महासंघको अध्यक्षमा नवराज कुंवरको दावी

133

वीरगंज कार्तिक १० – लामो समयदेखि कम्प्युटर ब्यवसाय र शिक्षामा संम्लग्न बुटवलका नवराज कुंवरले आसन्न कम्प्युटर ब्यवसायीहरुको छाता संस्था क्यान महासंघको अध्यक्षमा उम्मेदवार हुने घोषणा गरेका छन ।

कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)महासंघ को बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष कुंवर उपत्यका बाहिरबाट अध्यक्षमा दावी गर्ने पहिलो उम्मेदवार हुन ।
राजधानी काठमाण्डौको दवदवा रहदै आएको क्यान महासंघको नेतृत्व गर्ने अवसर अहिले सम्म उपत्यका बाहिरले पाएको छैन । देशभरबाट एक हजार २ सय प्रतिनिधी सहभागी हुनेछन ।
क्यानको बिधानमा काठमाण्डौ उपत्यकाका सवै सदस्य ब्यवसायीहरु र उपत्यका बाहिरबाट प्रतिनिधीमुलक ढंगले महाधिवेसनमा सहभागी हुन पाउने ब्यवस्था छ ।



क्यान महासंघ हुनु अघि ४ पटक केन्द्रिय सदस्य र एक पटक प्रथम उपाध्यक्ष भै सकेका कुंवर क्यान लुम्विनीका संस्थापक अध्यक्ष हुन भने बुटवलमा कम्प्युटर प्रशिक्षणको सूरुवात गराउने सिमित मध्येमा समेत गनिन्छन ।

आगामी मंसिर ७ गते काठमाण्डौमा हुने अधिवेसनमा आफुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका कुंवरले आफुलाई उपत्यकाका ब्यवसायीहरुको समेत सहयोग र समर्थन रहेको बताए ।
‘२०५२ सालमा क्यान महासंघको सदस्यता लिई केन्द्रीय कार्यसमितिमा अहिलेको अवस्थामा सबैभन्दा पुरानो सदस्य हुं, क्यानमा लामो समय बिभिन्न पदमा रहेर जिम्मेवारी पुर्वक काम गरे, त्यसैलेपनि अहिले साथीहरुले अध्यक्षमा उठन आग्रह गरेकोले उम्मेदवारी दिने निधो गरेको हुं’ कुवरले भने ।

क्यान महासंघको जिल्ला शाखा विस्तार गर्ने अगुवाई गर्नुका क्यानलाई देशभरी लैजाने अभियान सञ्चालन गरी त्यसको नेतृत्व गर्ने व्यक्ति भएकोले साथै केन्द्र र जिल्लाबीच अधिकारको सवालमा रहेका विभेद अन्त्य गर्न पहल गरिरहेकाले पनि साथीहरुले आफुलाई अध्यक्ष बनाउनेमा कुंवर बिश्वस्त छन ।

“मैले लामो समयदेखि क्यानभित्र विभिन्न भूमिका रहेर काम गरेँ । हिजो क्यान संघ के थियो र अहिलेको क्यान महासंघको आवश्यकता के छ भन्ने सवालमा म जानकार छु । साथीहरुको माग र आवश्कयता बुझेको छु ” कुंवरले भने ।

“महासंघीय प्रणालीअनुसार जिल्ला र ग्रामीणस्तरमा हुन थालेका छन् । सातै प्रदेशमा क्यान महासंघको बलियो उपस्थिति जनाउनु पर्नेछ तसर्थ पनि साथीहरुको दरिलो साथ रहेको छ” कुंवरले थपे ।

केहि बर्ष यता सदस्यहरुमा केही निराशापन देखिएकोले त्यसलाई बुझेर आफ्ना सदस्यहरुको हकहितका लागि काम गर्ने र अर्को सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रम र अगुवाई गर्ने । जस्ता महत्वपूर्णकामलाई आफ्नो प्राथमिकतामा राखेको उनले बताए ।

क्यान महासंघलाई आन्तरिक रुपमा बलियो पार्दै लैजाने, केन्द्रमा मात्र होईन सातै प्रदेशमा क्यानको आफ्नै भवन बनाउने , संगठनलाई आथिंक र भौतिक रुपले बलियो बनाउने, केन्द्रले बनाएका नीतिलाई जिल्लास्तरमा लैजाने, प्रादेशकि सचिवालयको व्यवस्था गर्ने, अन्य सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्ने कार्यलाई चुस्त बनाउने कार्यक्रम कुंवरले अगाडी सारेका छन ।

“सूचना प्रविधिको विकास, विस्तार प्रवद्र्धनमा क्यानलाई एक अभिभावक र साझा संस्था बनाउनु पर्ने हाम्रो बर्तमान दायित्व हो त्यसका साथै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा संगठनको प्रभावकारी उपस्थिति बनाउने सरकारी निति, नियम, कानुनका कारण व्यवसायीहरुले आयात निर्यातमा ठूलो समस्या भोगिरहनु भएको छ त्यसको हल गर्न म प्रतिवद्ध छु” कुवरले भने ।