×

 

वीरगन्ज, ९ कातिक । पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवले सहिदको नाममा वीरगन्जको घण्टाघरमा दिपावली मनाउन लागेका छन् ।

सबै नेपालीहरु दशैं सकिएर दिपावली तयारीमा छन् र तराईको मुख्य पर्व छठ आउनै लागेको छ ।

‘यस उत्सव र हर्षको अवसरमा हामीले, पटक पटकको मधेश आन्दोलनमा सहादत प्राप्त गर्नु भएका हाम्रो भावनामा चिरस्थायि रुपमा विद्यमान अमर सहिदहरुको सम्झनामा पहिले दिप प्रज्वलन गरेर दिपावली मनाउने त्यसपछि आफ्नो घर दैलोमा दियो बाल्ने उदेश्यसाँथ हामीले सहिदको सम्मानमा दिपावली आयोजन गर्न गइरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘लक्ष्मीपुजाका दिन आइतवार साँझ ५ वीरगन्जको घण्टाघरमा मधेशी सहिदहरुको सम्झनामा ५०१ दियो बाली ‘सहिदको सम्झनामा दिपावली’ मनाउने श्रद्धासुमन अर्पणको कार्यक्रम राखिएको छ ।’

देशको एउटा ठुलो संख्याका जनताको मागलाई सम्बोधन गर्न थाति राख्दै नयाँ संबिधान जारी भए उपरान्त देशमा ३ तहको निर्वाचन सम्पन्न भई सबै राजनीतिक दल तथा आम जनता आ–आफ्नो क्षेत्रमा ब्यस्त रहेका छन् । देश संघीय लोकतान्त्रिक गणतन्त्र स्वरुपमा अगाडि बढ्नुमा हाम्रा प्रातःस्मरणीय सहदिहरुको योगदान बिर्सिन सकिदैन भन्दै एउटा विज्ञप्तिमार्फत साँसद यादवले भनेका छन्, ‘संबिधानलाई अझ जनआपेक्षित रुपमा परिमार्जन गर्न इतिहासमा बाकी रह्न गएको एउटा अभिाराको रुपमा नेपाली राजनीति समक्ष रहेको कुरा हामीले बिर्सिनु हुदैन । त्यसको लागि समेत महान वीर सहिदहरुलाई बिर्सिन मिल्दैन ।’

Back to top