×

वीरगंज ९ कार्तिक - छात्रवृति लगायतको सेवा सुविधा स्थानीय सरकार मै सिमिति हुदाँ सर्वसधारण यसको उपभोग गर्न नसकेको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले बताउनु भएको छ ।

वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्षुमनवामा आयोजित जनता दर्शन कार्यक्रममा सर्वसधारणको गुनासोलाई सम्बोधन गर्दै सांसद यादवले केही स्थानीय तहका जनप्रतिनिधिहरुको लापरवाहीले गर्दा नेपाल सरकारले प्रदान गर्ने छात्रवृति लगायतको अवसर तथा सेवा आम सर्वसधारणको पहुचमा पुग्न नसकेको बताउनु भएको हो ।

विग्त एक महिनादेखी जिल्लाको कुना कप्चामा रहेका आफ्नो क्षेत्रको सुख, दुःख बुझदै स्थानीयस्तरको समस्या समाधानमा लागेका सांसद यादवले अरु वडा जस्तै लक्षुमणवामा समेत सडक, खानेपानी, विजुलि बति लगायतको समस्या देखिनु महानगरको दुरदर्शिता रहेको बताउनु भएको छ । वहाँले महानगरको पुरानो वडामा समेत यतिका समस्या अझैसम्म कायम हुनु सरकार र यहाँको कर्मचारीको समेत कमजोरी रहेको वहाँको भनाई थियो ।

आफ्नो निर्वाचन क्षेत्रका जनताका सेवा सुविधाका लागी आफुले यसै वडामा अत्याधुनिक सडक बती, धर्मशाला तथा विवाह भवण, र चापाकल वितरण गराएको वहाँले बताउनु भएको हो । वीरगंजलाई देशसंग जोड्ने सेन्टर मै हाई मास्ट लाईट जडान गर्न लगाए । जसले गर्दा स्थानीयसंगसंगै देशभरका जनताले उपभोग गर्न सकेका छन् । वहाँले आफुले गरेको काम मात्रै जनप्रतिनिधिले सिको गरे जनताको समस्या समाधान हुने बताए ।

कार्यक्रममा स्थानीयको समस्या बुझदै वहाँले यसैवडामा सडक तथा नाला र प्रतिमा चोकमा सार्वजनिक सौचालय निर्माण गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

समाजवादि पार्टी नेपालका नगर सभापति ईश्वर यादवको सभापतित्वमा समपन्न भएको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य पुरुषोतम झा, संसदिय प्रतिनिधि घनश्याम गुप्ता, बरिष्ठ सञ्चारउद्यमी ध्रुव साह, स्थानीय अगुवा समाजसेवी धुपलाल यादव, अमेरश पंडित, अंगज यादव, संजय कापर, रामेश्वर यादव, ठाकुरराम बहुमुखि क्याम्पसका ईकाई अध्यक्ष हरिन्द्र साह, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थित रहेको थियो ।

Back to top