मेडिकल माफियाको दादागिरी बन्द नभए हामि कडा संघर्ष गर्छौं : विद्यार्थी नेता सिंह

557

वीरगंज, कार्तिक ८ – नेपाल विद्यार्थी संघका पर्सा जिल्ला सचिव रोशन सिंह (मुन्ना)ले मेडिकल माफियाहरुले विद्यार्थीहरु संग उठाईरहेको अनियमित शुल्क फिर्ता नगरे आफुहरु कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वीरगंजस्थित नेसनल मेडिकल कलेजले विद्यार्थीहरु संग उठाईरहेको अतिरिक्त शुल्कको बिरोधमा उत्रिएका विद्यार्थीहरु माथि कलेज प्रशासनले गरेको दमन र कुटपिटको निन्दा गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।



शुक्रबार वीरगंजमा विभिन्न विद्यार्थी संगठनहरुले मेडिकल माफिया र विशेषगरी वीरगंजस्थित नेसनल मेडिकल कलेज विरुद्ध गरेको विरोध प्रदर्शन पश्चात सञ्चारकर्मी संघ कुरा गर्दै नेता सिंहले भने, ‘नेपालभरी मेडिकल माफियाहरुले लुटतन्त्र मचाएका छन्, दुई तिहाईको सरकारको संरक्षणमा मेडिकल कलेजहरुले विद्यार्थीहरु संग दुई गुणा सम्म बढि पैसा लिने गरेका छन् तर अब हामि यो सहने छैनु, हामि विरोध गर्ने छौं ।’ उनले मेडिकल माफियाहरुले आफ्नो गल्ति नसुधारे नेवि संघले कडा आन्दोलन गर्ने बताए ।