×

 

वीरगंज ७ कार्तिक । वीरगंज महानगरपालिकाको वडा नं. १४ मा आयोजित जनता दर्शन कार्यक्रममा सांसद प्रदिप यादवले चुनावको बेला जुनपनी पार्टीमा आबद्ध भएपनि अहिले विकास निर्माण पार्टीमा लाग्नुपर्ने बताउनु भएको छ ।

देशका विभिन्न स्थानमा विकास निर्माणको काममा बाधा अडचन पु¥याउने विकास विरोद्धि तत्वहरुलाई उदृत गर्दै उनले विकास प्रेमिहरु यस्ता काममा कडा रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

वीरगंजको बाटो फराकिलो गर्ने काम लगायत स्थानीय स्तरमा हुने सडक नाला जस्ता काममा आईरहेको बाधा अडचनलाई सहज वातावरण वनाउन सबैको जिम्मेवारी रहेको उहाँको जोड थियो । समाजवादी पार्टीका वडा न.१४ का इकाई अध्यक्ष रफÞीक अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुले सडक, विजुलि बति, लगायतको समस्या समाधानका लागी सांसद यादवलाई आग्रह गरेका थिए ।

जवाफमा सांसद यादवले वडा नं. १४ का वडा अध्यक्ष र वीरगंज महानगरपालिकालाई यथाशिघ्र उक्त वडाको समस्या समाधान गर्न निर्देशन दिने बताएका थिए । कार्यक्रममा नगर अध्यक्ष ईश्वर यादव, मुस्लिम नेता रउफ मियाँ, युवा नेता अजाद हुसैन, स्थानीय अगुवा शमसेद अख्तर, शमशाद अली, रुस्तम अंसारी, समिर आलम लगायतको उपस्थिति रहेको थियो ।

Back to top