×

वीरगंज ७ कार्तिक । पर्सामा एकै दिन दुई जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । एक जना किशोर बुधबार दिउँसो र एक किशोरीको शव साँझ झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ ।

ठोरी गाउँपालिका ५ स्थित खोला छेउको सिसौघारीमा १६ वर्षीय सागर लोप्चन झुण्डिएको अवस्थामा फेला परेका हुन् भने पोखरीया नगरपालिका ९ की १९ वर्षीय रंजिता देवी आफ्नै घरमा झुण्डिएको अवस्थामा परेको परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

झुण्डिएका दुबै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिए ।

Back to top