५ लाख ८३ हजार अवैध रकम सहित हुण्डी कारोबारमा संलग्न कलवार पक्राउ

1228

 

वीरगंज ७ कात्तिक । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी, थाना रामगढवा वडा नं। १६ घरभई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४८ बर्षीय कृष्ण मोहन कलवार रहेका हुन् ।

उनको साथबाट श्रोत खुलाउन नसकेको अवैध ५ लाख ८३ हजार ५ सय ६०, सुन जस्तो देखिने सिक्का २ थान, सुन जस्तो देखिने गणेश भगवानको लकेट १ थान र बिभिन्न बैंकको चेकबुक, भौचर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

कलवार हुण्डी कारोबारमा संलग्न रहेको प्रहरीको आशंका रहेको छ । ना.५३ प.७१५९ नम्बरको स्कुटी चलाएर आउँदै गरेको उनलाई दुई दिन अघि प्रहरीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको थियो ।

अवैध वित्तिय कारोबार अर्न्तगत पर्सा जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।