श्रीमतीको दोहरो नागरिकताको फाईदा उठाउदै राजेश खण्डेलवालले गर्दैछन अवेध कारोवार

1873

 

वीरगन्ज ७ कार्तिक । वीरगन्ज महानगरपालिका बडा नम्बर १० आदर्शनगर निवासी नामुद सुपारी तथा मटरकोशा तस्कर राजेश खण्डेलवाल आफ्नो श्रीमतीको दुई मुलुको नागरिकताको भरपुर फाइदा उठाई अवेध कारोवार गरिरहेका छन ।



आदर्शनगर निवासी राजेश खण्डेलवाल झारखण्ड राज्य धनवाद जिल्ला कतरास निवासी शोभा खण्डेलवासँग विवाह गरि २०४६ सालमा खटेको नागरिक्ता टोलीमा नेपाल सरकारको वैैवाहिक अँगिकृत नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए ।

खण्डेलवालले आफ्नी श्रीमती शोभा खण्डेलवाललाई २०४६ साल असार २३ गते जिल्ला रौतहटबाट वैवाहिक अँगिकृत नागरिकता दिलाएका थिए । नेपाल सरकारबाट वैवाहिक अँगिकृत नागरिकता लिएकी शोभा खण्डेलवालको हालसम्म भारतीय मतदाता सूचना केन्द्रमा नामावली दर्ता रहेको छ । जसबाट प्रष्ट हुन्छ कि उनी अहिलेसम्म भारतीय नागरिकता परित्याग गरेकी छैनन् ।

भारतीय मतदाता सूचना केन्द्रमा नाम शोभा देवी, राज्य झारखण्ड, विधानसभा निर्वाचन क्षेत्र बाघामारा – ४३, संसदीय निर्वाचन क्षेत्र गिरिदिह, भाग संख्या २००, मतदाता क्रमाँक २२९, पहिचान पत्र क्रमाँक जे.एस.एच. १२९८८२७ रहेको छ । उनी भारत र नेपाल दुबै देशका नागरिकता लिएर नेपालमा बस्दै आएकी छिन् ।

विवाह पश्चात भारतको नागरिक्ता रद्द गराई नेपालको नागरिक्ता प्राप्त गर्नुपर्नेमा त्यसो नगरी दुबै देशको नागरिकता बोकी दुबै देशमा बसोबास गर्दै आएकी छिन् र यसको भरपुर फाइदा उठाई रहेका छन् उनका श्रीमान् राजेश खण्डेलवाल । राजेश वीरगन्जमा सुपारी तथा मटरकोशा आयात निर्यातको व्यापार गर्दै आएका छन् ।

नामुद सुपारी तथा मटर तस्करको रुपमा चिनिएका खण्डेलवाल नेपालबाट अकुत सम्पत्ति कमाएर आफ्ना श्रीमतीको नाममा भारतमा जम्मा गर्दै आएका छन् । दोहरो नागरिक्ता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा खण्डेलवाल पैसाको दबदबामा आफ्नो द्वैध नागरिक श्रीमतीलाई कारवाहीबाट बचाउँदै आएका छन् ।

नेपाल भारत दुबै देशका नागरिकता लिएर वीरगन्ज आदर्शनगर – १० बस्दै आएकी राजेश खण्डेलवालकी श्रीमती विरुद्ध नागरिकता छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको ३ महिना भन्दा बढि समय वित्न लाग्दा पनि प्रशासनले द्वैध नागरिकता बोकेकी शोभा खण्डेलवाललाई हालसम्म कारवाही गर्न सकेको छैन ।

निजका श्रीमान् राजेश खण्डेलवाल वीरगन्जका व्यापारी भएको र उनको प्रशासनसम्म पहुँच भएको कारण नै उनकी श्रीमतीको दोहरो नागरिकता विरुद्ध उजुरी परेको महिनौं वित्दा पनि प्रशासनले कारवाही गर्न आलटाल गरेको हो । शोभा खण्डेलवालको दोहरो नागरिकताबारे छानविनका लागि २०७६ साउन २ गते नै दर्ता नं. ८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।