पूर्व सांसद अनिल रुंगटाका मामाका छोराहरु भारतीय नागरिक भएको पुष्टि

1788

 

वीरगंज ७ कार्तिक । नेपाली कांग्रेसका तर्फबाट क्याबिनेट मार्फत सांसद बनेका अनिल रुगंटाका मामा कमलका दुइ छोरा, अमित र सुमितले झुठो बिबरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका छन ।



नेपाली नागरिकता हासिल गरिसकेपछि भारत बिहारको राजधानी पटनाबाट राहदानी लिएका अमित र सुमित दुई बर्ष अगाडि वीरगन्ज स्थित भारतिय महावाणिज्य दुतावास मार्फत आफ्नो भारतीय नागरिकता सहित राहदानि बुझाएर आफुहरु नेपाली नागरिक भएको दाबि गरेका थिए ।

तर उनिहरुले गरेको दावि गलत देखिएको र झन अहिलेको मितिमा उनीहरुको श्रीमति समेत भारतीय नागरिक भएको प्रमाणित भएको छ । यसबारेमा अमित र सुमितका बुवा र पुर्व सांसद अनित रुगटाका मामा कमल अग्रवाल भन्छन, नेपाल भारतको बिच दुइ सिमा भएपनि हामि सबै एकै हो, छोरा बुहारीसग दुबै तर्फको नागरिकताले केहि असर गर्दैन’।

यहा भएको नेपाली युवाहरु बिदेश पलायन भइसके, अब हामिहरु नै यहांको सबै आवश्यकता पुर्ति गर्दैछौ’ । नागरिकता सम्बन्धि कुरा उठाएर यहाको प्रशासनले हामीलाई मुर्गा मात्र बनाउन खोजिरहेको उनको आरोप रहेको छ । ankushdaily.com बाट