मेयर सरावगीको नेतृत्वमा वीरगंजको विद्यालयहरुमा जडान गरेको सिसि केमरामा लाखौंको भ्रष्टाचार

921

 

वीरगंज, ४  कात्तिक । वीरगंज महानगरपालिकामा दिनहुँ विभिन्न शिर्षकमा लाखौंको भ्रष्टाचार भइरहेको छ ।
सुखी सम्पन्न परिवार र सामाजिक क्षेत्रमा राम्रो छवी बनाएका बिजय कुमार सरावगी निर्वाचित भएपछि नगरको काया पलट हुने विश्वास आम नगरवासीहरुले गरेको भएतापनि अहिले नगरबासीहरुको आशा र भरोसा विपरितका कामहरु हुन थालेका छन् ।


बिजयकुमार सरावगीको कार्यशैली माथि औंला उठ्न थालेको छ । कतिपय भ्रष्टाचार जन्य कार्यमा मेयरको प्रत्यक्ष संलग्नता भएको प्रमाणहरु जुट्न थालेको छ ।


यही क्रममा वीरगंज महानगरपालिका भित्र रहेको माध्यमिक विद्यालयहरु विद्यालय हाजिरी तथा डिजिटलाइजेशन कार्य अन्तर्गत विद्युतिय सुरक्षा प्रणाली अन्तर्गत हाजिरी गर्ने मेशिन र सिसि टिभी जडान गर्ने काम भयो । जसअन्तर्गत १८ वटा विद्यालयको खातामा रु. ३ लाखको दरले रकम पठाइयो र विद्यालयका प्रधानाध्यापकहरुलाई तपाइको विद्यालयमा हाम्रो मान्छे सिसि टिभी क्यामेरा जडान गर्न जान्छ ।

त्यसलाई बिल बमोजिमको भुक्तानी गर्नु होला भनी मेयर सरावगीले आदेश दिएको एक प्रधानाध्यापकले नाम उल्लेख नगर्ने शर्तमा बताए । मेयरको आदेश बमोजिम ग्रेट एडु सर्भिस प्रा.लि.का प्रबन्धक दिपक तिवारीले विद्यालयहरुमा उपकरण जडान गरी ३५ लाख भन्दा बढी भ्रष्टाचार गरेका छन् ।

ग्रेट एडु सर्भिस प्रा.लि.को नाउँमा प्रत्येक विद्यालयमा ८० देखि ८५ हजार बजार भाउको समान जडान गरेर २ लाख ९९ हजारको भुक्तानी दिपक तिवारीले बुझेर महानगर बासीहरुको रकममाथि ब्रहृमलुट मच्चाएका छन् । मेयर सरावगी र उनका आसेपासेहरुले यस्ता कैयन “मुद्रा दोहन” अभियान चलाएर मोटाइरहेको बताइन्छ । ankushdaily.com बाट